‘मिस नेपाल पिस २०२४’ प्रतियोगीहरुको ट्यालेन्ट

नसिर्ङ सुन्दरीहरुको सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०२४’को अन्तिम प्रतिस्पर्धा जेठ ५ गते हुने भएको छ। शिर्ष उपाधिकालागी २४ सुन्दरीहरु प्रतिस्पर्धा गर्दैछन।


नसिर्ङ सुन्दरीहरुको सहभागीता रहने एकमात्र सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते एकभब्य कार्यक्रमका बीच छानिने भएको छ। प्रतियोगीतामा २४ सुन्दरी शिर्ष उपाधिकालागी प्रतिस्पर्धा गर्दैछन।

‘मिस नेपाल पिस २०२४’को प्रतियोगीताको ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न बहेको छ। जसमा सबै प्रतियोगीले आफुमा रहेको नृत्य, गायनलगायत बिभिन्न ट्यालेन्ट देखाएका छन्। ट्यालेन्ट राउण्डमा रोशन गहतराज (कोरियोग्राफर), डा. स्कृति मासके (सह–प्रोफेसर), रोनिश खड्गी (विजेता मोडल हन्ट नेपाल २०२४), नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सजना केसी (एनक्लेक्स नेपाल एमडी), कोसिस क्षेत्री (गायक तथा कलाकार) लगायत निर्णायक रहेका थिए। ट्यालेन्ट राउण्डको विजेता पनि फाइनलमा घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताएका छन्।

प्रतियोगिताको यो ७ औँ संस्करण हो। सबै प्रतियोगी फाइनल स्पर्धाको लागि संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण आफुलाई निखार्दै छन्। प्रतियोगीताको शिर्ष विजताले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्नेछिन।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो। अन्तराष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य यो प्रतियोगिताको रहेको छ।

SUBSCRIBE 👉