सान्या अधिकारीले पहिरिन ‘मिस युनिभर्स नेपाल २०२५’ को ताज

सान्या अधिकारीले १३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस युनिभर्स नेपाल २०२५ को ताज पहिरिन सफल भईन्। उनले अब ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।


Miss Universe Nepal 2025 | Sanya Adhikari

मिस युनिभर्स नेपाल २०२५ को उपाधि सान्या अधिकारीले जितेकी छन्। ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा १३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस युनिभर्स नेपाल २०२५ को ताज पहिरिन सफल भईन्। अब उनले नोभेम्बर २१, २०२५ मा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकीछिन्। सान्याले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू पनि हासिल गरेकी छिन्।

यस्तै, आरोही बस्नेत फर्स्ट रनर अप, सोनालिशा ढुंगाना सेकेन्ड रनरअप, एलिना यारी थर्ड रनरअप र ज्योती थापा फोर्थ रनरअप घोषित भए।

बिजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण पर्यटन क्षेत्रमा परेको असरबारे कुरा गरिन्। उनले बिदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन्। उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दैगर्दा नेपालको पर्यटन क्षेत्र प्रबद्र्धन गर्ने बताइन्। नेपालमा बालश्रम हटाउने उद्देश्य राख्दै काठमाडौंसहित गाउँ-गाउँमा अभियान चलाउने र मिस युनिभर्समा नेपाललाई शीर्षस्थानमा लैजान र चिनाउन मिहेनत गर्ने बताइन्।

मिस युनिभर्स संसारका शीर्ष ५ सौन्दर्य प्रतियोगिता मध्ये पर्छ। ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ।

ALSO READ: Sanya Adhikari Wins Miss Universe Nepal 2025, Hope for the Global Crown

SUBSCRIBE 👉