एसियन फेसन विकमा मदन


Madan-Paudel

ग्ल्यामर नेपाल, काठमाडौं । इण्डोनेशियामा आयोजना हुन लागेको ‘एशियन फेसन विक २०१४’मा नेपाली फेशन डिजाइनर मदन पौडेलले सहभागिता जनाउने भएका छन् । नेपाल फेसन फेडरेसनका अध्यक्ष नविन लुँइटेलले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

विज्ञप्ति अनुसार इण्डोनेशियामा १० वटा क्याजुअल पहिरन, ५ वटा कल्चरल पहिरन, ५ वटा इको फ्रेण्डली पहिरन र एक–एकवटा मास्टर पीस, इभेन्ट गार्ड र हब्ट कट्युर प्रदर्शन गरिनेछ । ‘यो नेपालको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फेशन विकमा नेपालको सहभागिता हो ।’ लुँइटेलले उल्लेख गरेका छन् । उनका अनुसार आगामी वर्षदेखि ५ जना डिजाइनरहरु उक्त फेसन विकमा पठाइनेछ ।

SUBSCRIBE 👉