चपली हाइटमा माया साट्दै अशिष्मा र किरण


ashishma-nakarmi-kiran-lakoul-photo-1
ग्ल्यामर नेपाल, काठमाडौं । बुढानिलकण्ठको डाँडामा रहेको चपली हाइट सुटिङका लागि राम्रो गन्तव्य मानिन्छ। फिल्मको होस् या म्युजिक भिडियोको लागि होस्, प्रायः कलाकार तथा प्राविधिकहरु सुटिङको लागि यो स्थानलाई आफ्नो रोजाईमा पार्छन्। हालै गायक अभय ढुंगेलको गीत ‘आकाशैमा’को भिडियोको पनि यही छायांकन गरिएको थियो। जुन गीतमा किरण लाकौल र अशिष्मा नकर्मीले अभिनय गरेका थिए।

ashishma-nakarmi-kiran-lakoul-photo-2
सुटिङको दिन मोडल किरणका लागि अझ बढी खुशीको दिन परेको थियो। त्यही दिन उनको जन्मदिन भएकाले उनले सुटिङस्थलमै बर्थडे केक काटेर आफ्नो जन्म दिन मनाए। भिडियोका निर्देशक तथा आटिस्र्टनेपाल डटकमका प्रधान सम्पादक नव ढुङ्गेलले बर्थडे केकको चाँजोपाँजो मिलाएका थिए। उनलाई शुभकामना दिन एसियन म्युजिकका प्रबन्ध निर्देशक ईश्वर गुरुङ तथा एरेन्जर तथा संगीतकार र-प्रभिन पुगेका थिए। निर्देशक ढुंगेलले भने – ‘यो गीत लभ सिक्वेन्सको छ, केटा र केटीको मायालाई गीतमा प्रस्तुत गरिएको छ।’

भदौको पहिलो सातामा सार्वजनिक गरिने एल्बमलाई आर्टिस्ट नेपाल डट कमको प्रस्तुतीमा एसियन म्युजिकले बजार व्यवस्थापन गर्ने छ। प्रशान्त तामाङको कोरियोग्राफी तथा टेकेन्द्र शाहको सम्पादनमा आउन लागेको भिडियो छाँयाकार ज्ञानेन्द्र शर्मा हुन्।

SUBSCRIBE 👉