नेपाली ढाकामा देखिइन् मिस इण्डिया


Nepali-Dhakaग्ल्यामर नेपाल, काठमाडौं । इन्डोनेसियाको सुराबायामा सम्पन्न ‘एशियन फेशन वीक २०१४’ मा नेपाली फेशन डिजाइनर मदन पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट तयार गरिएको पहिरनमा ‘मिस इण्डिया २०१३’ रुहानी शर्मा र्याम्पमा देखिइन् । नेपाली फेशन डिजाइनरलाई विदेशमा पनि चिनाउने उद्धेश्यले नेपाल फेशन महासंघ र नेपाल फेशन डिजाइनर संघको संयुक्त पहलमा उक्त वीकमा नेपाली फेशन डिजाइनर सहभागी भएका हुन् ।

फेशन सप्ताहमा क्याजुअल ड्रेस १० वटा, कल्चरल ड्रस ५ वटा, इको फ्रेण्डली ५ वटा, मास्टर पीस १ वटा, एभेन्ट गार्ड १ वटा र हब्ट कटयर १ वटा प्रदर्शन गरिएको थियो । स्थानीय मोडेल हरुले ति पहिरनहरु लगाएर र्याम्प हिँडेका थिए । फेशन वीकमा नेपालका साथै एसियाका ५८ देशहरुको सहभागिता रहेको थियो ।

नेपाली इतिहास मै पहिलो पल्ट अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागिता जनाईएको र आगामी वर्ष देखि ५ जना नेपाली फेशन डिजाइनरहरुलाई ‘एशियन फेशन वीक’ मा सहभागिता जनाउने अवसर उपलब्ध गराउनुका साथै ‘एशियन फेशन वीक’ नेपालमा नै आयोजनाको लागि समेत पहल थालिएको नेपाल फेशन महासंघका अध्यक्ष नविन लुँइटेलले बताए ।

SUBSCRIBE 👉