खुस्बु बनिन् चौथो मिस नेपाल युएसए


Miss-Nepal-Us
ग्ल्यामर नेपाल, काठमाडौं । इप्लानेट नेपालले अमेरिकाको इभेन्ट प्लानेट इन्कको सहकार्यमा गर्दै आएको ‘मिस नेपाल युएसए’को चौथो संस्करणको विजेता खुश्बु मिश्र बनेकी छन् । आइतबार दिउसो २ बजे अमेरिकाको क्विनस थिएटरमा सम्पन्न भएको प्रतियोगितामा सहभागी १३ जना प्रतिष्पर्धीलाइ उछिन्दै खुस्बुले उपाधिसंगै अमेरिकी डलर ५ सय बराबरको छात्रवृति, नेपाल आउनेजाने हवाइ टिकटसँगै निर्देशक सुरज सुब्बा ‘नाल्बो’को आगामी नयाँ फिल्ममा अभिनय गर्ने अवसर प्राप्त गरेकी छन् ।

प्रतियोगितामा क्यालिफोर्नियाकी शुष्मा शर्मा फस्ट रनर अप तथा नोरउडकी शुष्मा अधिकारीले सेकेण्ड रनर अप को उपाधि चुमे । उनहरुले उपाधिसँगै क्रमशः तीन हजार र दुइ हजार अमेरिकी डलर छात्रवृति प्राप्त गरे । यस वर्षको टिकट बिक्रीबाट संकलित रकम मध्येको १० प्रतिशत अंश सिन्धुपाल्चोकमा भएको वाढीपिडितलाई राहत स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित ट्यालेन्ट शोमा प्रतियोगितामा सहभागीले आ–आफ्नो प्रतिभा देखाएका थिए । न्युयोर्कस्थित क्वीन्स थिएटरमा सम्पन्न प्रतिष्पर्धाको निणार्यकमा बैकर रविना देशराज श्रेष्ठ, निर्देशक ‘सुरज सुव्वा नाल्बो’, इन्टरनेशनल मोडल मेटी मार्टिनेज, डा. उपेन्द्र लाल कर्ण, गिता खत्री, सन्नि गिल तथा सोनम लामा रहेका थिए ।

MissNepal-US

अमेरिकाका लागि नेपाली राजदुत दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा एनआरएन अध्यक्ष शेष घले विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथि कलाकारका रुपमा गायक हेमन्त राना, ‘सन्डे मर्निङ लभयु’गायक भिम निरौला तथा धरमविर लामाले आफ्ना प्रस्तुति दिएका थिए । पूर्व मिस नेपाल मलिना जोशीले सञ्चालन गरेको प्रतियोगिताको संयोजन र व्यवस्थापन अनिता पाठकले गरेकी थिइन भने कोरियोग्राफी सुरेश मानन्धरले गरेका थिए । प्रतियोगीका लागि फेसन डिजाइनर समा बनुले ड्रेस डिजाइन गरेकी थिईन् । इभिनिङ गाउन, क्याजुएल वेयर र नेपाली ढाकाको पहिरन गरी तीन चरणमा विभाजित प्रतियोगिता हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । यस अघि सुजिता बस्नेत, आस्था श्रेष्ठ र बर्तिका राईले शीर्ष उपाधि चुमिसकेका छन् ।

SUBSCRIBE 👉