माया गर्दा भन्दा महसुस गर्दा आनन्द आउँछ – नायिका प्रियंका कार्की


Priyanka-Karkiनायीका प्रियंका कार्की अहिले चल्तीकी नायीका मध्ये पर्छिन । स्थापित नायिकाहरुका अगाडि उनको अभिनय अनुभव र काम गर्ने शैली कमै होला । तर छोटो अवधिमै आफ्नो परिचयको दायरालाई फराकीलो वनाउन सफल भैसकेकी हुन नायीका कार्की । दर्जनौ म्युजिक भिडीयोमा अभिनय गरिसकेकी नायीका कार्कीले निर्देशक प्रशन्न पौडेलको ‘मेरो बेस्ट फ्रेण्ड’ वाट फिल्मी करियर सुरु गरेकी हुन । उनिद्धारा अभिनीत चलचित्र ‘झोले’ प्रदर्शन को तयारीमा छ । उनै नायीका संग रामजी ज्ञवालीले गरेको कफी गफ को सम्पादीत अशं ।

हिरोइन बन्ने सपना कहिले पलाएको हो ?
– ठ्याक्कै यहिलेनै हो त कसरी भन्नु तर चलचित्रमा अभिनय गर्ने सपना चाही सानै देखी नै पलाएको हो । यद्यपी मैले थुप्रै म्युजिक भिडीयोमो काम गरिरहेकी छु, तपाईलाई पनि थाहा छ होला, म्युजिक भिडीयोमा काम गर्दा देखी नै मलाई चलचित्रमा अफर आएकै हो, ठुलो पर्दामा चाही काम भ्रखरै हो सुरु गरेको । तर मैले सोचेकी थिईन की यत्ति चाडो मेरो सपना साकार होला भनेर । मेहेनतनै रहेछ सवैभन्दा ठुलो कुरा । मेहेनतले काम गरे । अहिले फिल्म पाईरहेकी छु ।

कसरी छिर्नुभयो अभिनय क्षेत्रमा ?
– साच्ची भन्नेहो भने निर्देशक प्रशन्न पौडेलसाग मेरो फेसवुक र अन्य विभीन्न साईटको अनलाईन्मा कुरा भैरहन्थ्यो । उहाले राम्रै कुरा गर्नुहुन्थ्यो । उहाले मेरो अनुहारमा केही देखेर नै होला मलाई अफर गर्नुभयो, अर्कातिर मेरो पनि इक्षा र सपना पनि थियो । उहाले जुराईदिनुभएको हो मलाई चलचित्रमा अभिनय गर्ने सपना । अनलाईनमै मलाई मेरो वेष्ट फ्रेण्डको स्किृप्टको वारेमा भन्नुभयो, चित्त वुझ्यो अनि काम गरे ।

तपाईको भविष्यको लक्ष्य चाही के ?
– लक्ष्य त धेरै हुन्छन् तर खास चाही म नायीका हुने भनेर यो क्षेत्रमा प्रवेश गरेकी, सानैदेखीको रहर र सपना पनि थियो । त्यस कारण भविष्यमा एउटा सफल नायीका वन्ने लक्ष्य छ । म्युजिक भिडीयोमा पनि राम्रै काम गर्नेहो । अध्यनलाई पनि निरन्तर अगाडी वढाउने लक्ष्य छ ।

ठुलो पर्दामा अभिनय गर्नका लागी नव नायीकाहरुले निर्देशकको वेड तताउनै पर्छ भन्छन नी ?
– यो कुरा कुनै नौलो हैन । नेपाली फिल्मी क्षेत्रमा पनि यस्ता कुरा आईरहेका हुन । तर मलाई कस्तो लाग्छ भने कुनै पनि नायीकाले जिवनको हरेक कुरालाई केलाएर सोच्दैनन, जिवनको वारेमा थोरै पनि नसोच्ने त्यस्ता खालका नायीकाहरुले चाही त्यस्तो गर्छन होला भन्ने मेरो धारणा छ ।

मायाको परिभाषा कसरी दिनुहुन्छ ?
– मायाको परिभाषा जसरी दिएपनि जस्ले दिएपनि पुरा हुदैन जस्तो लाग्छ मलाई । हरेकको विचारमा फरक फरक हुन्छ । माया भनेको गर्ने भन्दा पनि महसुस गर्ने कुरा हो । माया गर्दा भन्दा महसुस गर्दा आनन्द आउँछ।

चुरोट खाने पुरुष मन पर्छकी नाई ?
– कोही युवतिहरुले चुरोट खाने केटाहरुको फेसन देखेर मन पराएका घटनाहरु पनि प्रशस्तै छन । कतिपयले चुरोट खाएको स्टायल मन पराएर प्रेममा परेको पनि सुनीएको छ र मलाई मन पर्छ या पर्दैन भन्दा पनि उसको वानीमा भर पर्ने कुरा हो । वानी राम्रो भयो भने चाही मलाई त्यती केही फरक पर्दैन । अहिले कमैले मात्रै खान्छन चुरोट ।

मान्छेहरुले मायामा धोका खाएका गित वढि रुचाउछन नी ?
– अहिलेको जमानानै यस्तै । अधिकासंको पहिलो प्रेम सफल हुदैन जस्तो लाग्छ । सुरुमा मायामा परेका गितहरु मन पराउनेले पछिको समयमा भने मायामा धोका खाएका गितहरुनै धेरैले सुन्छन, तिनै गितहरुसाग आफुलाई र विगतमा भएका आफ्ना घटनाहरुलाई सम्झीएर रुने गर्छन । त्यही भएरनै होला । गितले आफ्नो व्यथा वोल्यो भने त्यो भन्दा वढि के चाहीयो र भन्या ।

तपाईलाई यस्ता गित कत्तीको मन पर्छ ?
– पर्छ, किन मन नपर्नु ?, मायामा धोका खाएका गितहरु सुन्नलाई धोका खाएकै हुनुपर्छ भन्ने छैन नी । मैले के भन्छु भने ६-७ महिना कसैको प्रेममा रमाउने, त्यसपछि अनेक कुरा सम्झने, यस्तै गित सम्झने, मर्ने सम्मका घटनाहरु हुन्छन । ६- ७ महिनामा धोका खानुभन्दा प्रेम नगर्नु ठिक हो । आफ्नो लाईफमा मनैदेखी मन पर्ने मान्छे आयो भने राम्रै हुन्छ । नत्र मायामा धोका खाएर रुनु चाही हुदैन ।

सेक्स के हो ?
– सेक्स भनेको के भन्ने। मलाई मायाको एउटा पात्र हो भन्ने लाग्छ। मायामा मात्रै हुने पवित्र रिलेशन हो।

विवाह अघिको सेक्स ?
– हुन त यो कुरा उमेर अनुसारका व्यक्तीहरुको फरक फरक हुन सक्छ। तर अहिले आधुनिकता संगै यो कुरा पनि सामान्यीकरण हुदै गएको छ । यदि आफ्नो मन पर्ने मान्छे र पछि ढुक्क विवाह हुन्छ भन्ने त्यस्तो छ भने केही फरक पर्दैन ।

चलचित्रमा त भएको होलानी त्यस्तो ?
– नाई मैले चलचित्रमा पनि यस्तो खालको सिन दिएकी छैन । मनै पर्दैन । यदि कथामा त्यस्तो खालको भुमीका माग्यो भने पनि मैले दिदीन । किन दिनु आफुलाई मन नपर्ने कुरा । हरेक कुरा निर्देशकको हातमा हुदैन क्यारे, त्यस्तो सिन दिने या नदिने भन्ने कुरा हाम्रो हातमा हुन्छ ।

कलिउडमा सेक्स र वेडसिन किन सामान्यीकरण हुदै गएको छ ?
– वलिडउ र हलिउडमा यो कुरा सामान्यीकरण नै थियो, त्यस्तै शैलीले नेपाली चलचित्रमा पनि राम्रै स्थान पाएको छ र दर्शकले पनि मन पराईदिएकाले मैले वुझ्न सकेकी छैन, के चलचित्रमा वेड सिन र किस सिन दिनुनै पर्ने होर, मलाई के लाग्छ भने चलचित्र विकाउनै यस्तो प्रयोग गरिएको हो । कथाले रियल्ली माग्नुपर्छ किस र वेडसिनका लागी ।

ब्लु फिल्म हेर्नु भएको छ ?
– यो कुरा हेरेकालाई सोध्ने हो भने चाही राम्र्रै होला ।

तपाईंलाई कसैले यस्तो फिल्ममा अफर गर्‍यो भने के गर्नुहुन्छ ?
– मलाई कस्ले गर्छ यस्तो फिल्ममा खेल्ने हिम्मत ? कसैले पनि हिम्मत गर्न सक्दैन । यदि गरिहाल्यो भने चाही त्यतीवेला थाहा हुन्छ ।

आफ्नो अनुहार कस्तो लाग्छ ?
– यहि अनुहारले मलाई चलचित्रमा ल्याएको हो, राम्रै लाग्छनी । यहि अनुहारले गर्दा मैले चलचित्रमा काम पाईरहेको छु । काम पाईरहेकोले पनि यो अनुहारलाई दोष दिने ठाउ छैन ।

SUBSCRIBE 👉