
Shashank Shahi Takes Nepal to the Manhunt International Stage in Sri Lanka
Manhunt International Nepal 2026 विजेता शशांक शाहीले श्रीलंकामा आयोजित 24औँ Manhunt International World Final 2026 मा नेपालको प्रतिनिधित्व गरिरहेका छन्।
सेप्टेम्बर 3 देखि 10 सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय कार्यक्रमको ग्रान्ड फिनाले सेप्टेम्बर 9 मा कोलम्बोमा आयोजना हुँदैछ। विश्वका विभिन्न देशका पुरुष मोडल तथा उपाधि विजेताहरू सहभागी हुने प्रतियोगितामा व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रतिभा, फेसन र सांस्कृतिक पहिचानलाई प्रमुख रूपमा प्रस्तुत गरिन्छ।
शशांकले गत मे 16 मा काठमाडौंको गैरीधारास्थित Alice Reception मा सम्पन्न Manhunt International Nepal 2026 को राष्ट्रिय फिनालेमा 14 प्रतिस्पर्धीलाई पछि पार्दै मुख्य उपाधि जितेका थिए। सोही जितसँगै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका हुन्।
उनको अन्तर्राष्ट्रिय सहभागिता र तयारी Manhunt International Nepal को आयोजक Group of Event Entertainers (GEE) ले व्यवस्थापन गरिरहेको छ।

Nepal’s Shashank Shahi Is Competing at Manhunt International 2026
Ajay Gurung को मेन्टरसिपमा शशांकले स्टेज प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक समग्र तयारीमा विशेष प्रशिक्षण लिएका छन्।
प्रतियोगितामा उनको फेसन प्रस्तुति पनि विशेष रहनेछ। आधुनिक शैलीसँगै नेपाली डिजाइनको पहिचान झल्किने गरी उनको अन्तर्राष्ट्रिय वार्डरोब तयार गरिएको छ।
उनका लुक्स अन्तर्राष्ट्रिय डिजाइनर Sonam Subba Limbu सँगको सहकार्यमा क्युरेट गरिएको छ भने औपचारिक पोसाक Empire Collection ले उपलब्ध गराएको छ।
त्यस्तै, नेपाली डिजाइनर Sarita Thapa Magar र Sharon Couture ले उनका लागि राष्ट्रिय तथा डिजाइनर आउटफिट तयार गरेका छन्। यी सिर्जनामार्फत शशांकले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विकसित हुँदै गएको फेसन, डिजाइन र सिर्जनशीलताको झलक प्रस्तुत गर्नेछन्।
सेप्टेम्बर 9 मा हुने ग्रान्ड फिनालेसँगै अब शशांकले Manhunt International को विश्वमञ्चमा नेपालको नाम, पहिचान र फेसनलाई कस्तो प्रभावशाली ढंगले प्रस्तुत गर्नेछन् भन्नेमा नेपाली दर्शकको चासो रहनेछ।

