निशा बनिन् मिस ग्लोबल इन्टरनेशनल


Miss-Global
ग्ल्यामर नेपाल, काठमाडौं । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीद्वारा आयोजित ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को उपाधि काठमाडौंकी निशा पाठकले जितेकी छिन् । उनले आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै सौन्दर्य प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढी रकम दुई लाख रुपैयाँ र ट्रफी जितेकी हुन् । उनी मिस डिसिप्लेन पनि भईन् ।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि काठमाडौंकी सुस्मिता रेग्मीले हासिल गरिन् । उनले उपाधिसँगै ६० हजार रुपैयाँ पाईन् । रेग्मीले मिस फोटोजेनिक र मिस ट्यालेन्टको उपाधि पनि जितिन् । अर्चना पन्थीले सेकेन्ड रनरअपको उपाधिसहित ३० हजार रुपैयाँ प्राप्त गरिन् । उनले मिस इन्टेलिजेन्टको उपाधि पनि जितिन् ।

प्रतियोगितामा मिस पपुलर र मिस वेस्ट वाकको उपाधि अस्मिता तिमल्सिनाले, मिस पङ्चुअलको उपाधि मनिषा केसीले, मिस पर्सनालिटीको उपाधि प्रगति अमात्यले र मिस फ्रेन्डसिपको उपाधि बिपासना कर्माचार्यले हासिल गरे । सौन्दर्य भन्दा बौद्धिकतालाई महत्व दिँदै आफुहरुले यो प्रतियोगिता आयोजना गर्दै आएको सो कन्सल्टेन्सीका अध्यक्ष मनोज पाण्डेले बताए। प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपालद्वय रुबी राणा, सृष्टी श्रेष्ठ, एनबी बैंकका सिइयो ज्ञानेन्द्र ढुगाना, इक्यानका महासचिब महेशबाबु तिमिल्सिना, मोडल ग्लोबल भिजाज् कन्सल्टेन्सीकी सोनिया रावल र कन्सल्टेन्सीका काउन्सलर रुपक दाहाल थिए ।

SUBSCRIBE 👉