मिसेस युनिभर्समा रजनी बनिन् मिसेज ब्युटिफुल


ग्ल्यामर नेपाल, काठमाडौं । इप्लानेटले आयोजना गरेको ‘मिसेज नेपाल’को दोस्रो संस्करणकी विजेता रजनी थापाले मलेसियामा सम्पन्न‘मिसेस युनिभर्स २०१४’ मा ‘मिसेज ब्युटिफुल’को विधागत उपाधि पोल्टामा पारेकी छन्।

गत अगष्ट २९ मा मलेसियाको क्वालालाम्पुरस्थित सन वे रिर्सोट होटेलमा सम्पन्न भएको फाइनल प्रतियोगितामा विभिन्न ६३ देशका सहभागीसँगै करिब तीन हजार दर्शक माझ रजनीले नेपालको झन्डा फहराउदै आफ्नो प्रतिभा पनि प्रस्तुत गरेकी थिइन् । यसअघि यस्तै प्रतियोगितामा पहिलोपटक नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै ४४ वर्षीया मिना घिमिरेले ‘मिसेज इन्टेलिजेन्स’ को उपाधी हात चुमेकी थिईन् ।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार यस अघि ‘मिसेस ग्लोब २०१३’ मा नेपालका तर्फबाट सहभागी बनेकी रजनीले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी थिईन् । इप्लानेटले पछिल्लो संस्करणमा ‘मिसेस नेपाल’ सहित एकै स्टेजमा ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेशनल’ र ‘मिस इन्टरनेशनल’ प्रतियोगिता आयोजना गरेको थियो भने वर्ष २०१५ को लागि पनि आवेदन फारम वितरण शुरु गरिसकेको छ ।

यो बर्ष इप्लानेटले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ को आयोजना गर्दैछ ।

SUBSCRIBE 👉