रितु बनिन् पहिलो मिस गुरुङ इन्टरनेशनल


ग्ल्यामर नेपाल, काठमाडौं । ‘पहिलो मिस गुरुङ इन्टरनेशनल-२०१४’को उपाधि रितु गुरुङले जितेकी छन्। लमजुङकी १८ वर्षीय रितुले अन्य १२ प्रतियोगीलाई पछि पार्दै उपाधि चुकेकी हुन्। मंगलबार साझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्मपन्न प्रतियोगितामा रितु मिस क्याटवाको उपाधि समेत हासिल गरिन्। अन्तिम प्रतिस्पर्धामा निर्णायकहरुको प्रश्नमा सबैभन्दा उत्कृष्ट जवाफ दिएर रितुले उपाधि चुमेकी हुन्। त्यस्तै प्रतियोगितामा काठमाडौ लाजिम्पाटकी जस्मिन गुरुङले फस्ट रनर अप र पोखराकी रसिला गुरुङले सेकन्ड रनर अफको उपाधि हाासिल गरे। जस्मिनले मिस बेस्ट स्किन र रसिलाले मिस डान्सको उपाधि समेत प्राप्त गरे।

मृगतिष्णा फेसन हाउसको आयोजनामा आयोजित सो प्रतियोगितामा ममता गुरुङ मिस फोटो जेनिक, सुसिला गुरुङ मिस बेस्ट स्माइल, ओनिका गुरुङ मिस बेस्ट फ्रेन्डशिप, अनिता गुरुङ मिस पर्सनालिटी, अनामिका गुरुङ मिस भाषा, सुष्मिता गुरुङ मिस ट्यालेन्ट, सानु गुरुङ बेष्ट ड्रसको उपाधि बिजेता बने।

फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

देशभर छरियर रहेका सम्पुर्ण गुरुङहरुको भावनालाई प्रतिनिधित्व गर्दै गुरुङ भाषा र कला-संस्कृतीलाई सम्मरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले यसबर्षबाट मिस गुरुङ इन्टरनेशनलको थालनी गरिएको आयोजक संस्थाकी अध्यक्ष त्रिष्णा गुरुङले बताइन्। नबिन गुप्ताको ब्यबस्थापन गरेको कार्यक्रमको कोरियोग्राफर बिकाश घले र डान्स कोरियोग्राफर मनाङ गुरुङ रहेका थिए भने निणार्यक मण्डलीमा गायक तथा बैङकर गोबिन्द गुरुङ, हरिमाया गुरुङ, गौरी थापा, गणेशमान पुन र मिस नेपाल २०११ की फष्ट रनर अफ अनुपा गुरुङ रहेका थिए।

SUBSCRIBE 👉