मिस्टर एण्ड मिस नारायणीको अडिसन


Sundari-Naniग्ल्यामर नेपाल, काठमाडौं । स्ट्रिङ मिडिया प्रालिले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस नारायणी’को पहिलो अडिसन हेटौंडामा भएको छ । गत शनिबार भएको अडिसनमा १९ जना सहभागिता जनाएका थिए । जसमा ९ युवती र १० युवक रहेका थिए ।

अडिसनको निर्णायकमा कोरियोग्राफर प्रवेश गिरी, सञ्चारकर्मी सागर न्यौपाने, युवा व्यवसायी तथा कलाकार दीपेन्द्र चन्द ठकुरी, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष रामशरण दुलाल, सन्ध्या ढुंगाना, वीरगञ्ज टिभीका दीपेश श्रेष्ठ र ब्युटिसियन अस्मिता श्रेष्ठ रहेका थिए । दोस्रो अडिसन आगामी शनिवार हुने आयोजक संस्थाका निर्देशक शिरस पुडासैनीले बताए ।

SUBSCRIBE 👉