एकै स्टेजमा दुई प्रतियोगिता


Two-Prgग्ल्यामर नेपाल, काठमाडौं । रिवन इन्टरटेनमेन्टले पहिलोपटक राजधानीमा एकसाथ एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न उमेर समूह र वर्गको सौन्दर्य प्रतियोगिता तथा इभेन्ट आयोजना गर्ने उद्धेश्यले हालै स्थापित रिवन इन्टरटेनमेन्टले आगामी असोज ११ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बालबालिकाबिचको ‘नेपाल्स चिल्ड्रेन अफ द इयर’ तथा युवतीहरुबिचको ‘नेपाल्स फेशन अफ द इयर २०१४’ प्रतियोगिता गर्ने भएको हो ।

रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाका अनुसार ‘नेपाल्स चिल्ड्रेन अफ द इयर’मा ७ देखि १३ वर्षका १५ जना बालबालिका बिच प्रतिस्पर्धा हुनेछ । झाका अनुसार राजधानीमा भएको दुई अडिसनमा सहभागी ३३ बालबालिका बिचबाट १५ जनालाई फाइनलका लागि छनौट गरिएको हो । ६ बालक र ९ बालिकाले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि अभिन गुरुवाचार्य, फोबिद पाठक, सम्प्रेषण सहनी, उत्सव चन्द शाह, रिवस घिमिरे, अभिषी पन्त, फुटिला शेर्पा, प्रिया दास, मेघा आचार्य, आयुष्ना चापागार्इं, श्रुती साह, अनुश्री रानामगर, श्रमिक बस्नेत, प्रशंषा देव र उत्साह तामाङ छनौट भएका छन् ।

Two-prg1यो प्रतियोगितामा ‘नेपाल्स चिन्ड्रेन अफ द इयर’, फस्ट र सेकेण्ड रनरअपका साथमा ‘मस्ट ट्यालेन्ट’, ‘बेस्ट स्माइल’, ‘बेस्ट हेयर’, ‘मस्ट फोटोजेनिक’, ‘मस्ट फ्रेन्डली’, ‘मस्ट पपुलर’, ‘बेस्ट पर्सनालिटी’, ‘मिस व्युटिफुल’, ‘बेस्ट स्कीन’, ‘मस्ट चार्मिङ’, ‘बेस्ट स्पीच’, ‘बेस्ट स्कीन’ र ‘फेसबुक भ्युअर च्वाईस अवार्ड’जस्ता उपाधि प्रदान गरिने निशुले बताए ।

त्यसै गरी ‘नेपाल्स फेस अफ द इयर’मा अडिसनमा सहभागी ४५ मध्ये २१ जना प्रतियोगिताका लागि छनौट भएका छन् । प्रतियोगिताका लागि सुवानी प्रधान, प्रेरणा देशार, सुजिता श्रेष्ठ, स्मारीका क्षेत्री, रेवीका परियार, संगीता देउला, अलिसा थपलिया, स्मृति बज्राचार्य, सन्दीपा कार्की, रिजु शाक्य, संजु भट्ट, निहारीका आचार्य, श्रृष्टी थापा, सुजिता तिम्सिना, निकीता कार्की, सुजिता बज्राचार्य, सुजिता श्रेष्ठ, ऐश्वर्या देवकोटा, पासाङ डोल्मा मोक्तान, मेघा पोखरेल र अनामिका गुरुङ यने प्रतियोगिताका लागि छानिएका छन् । यो प्रतियोगितामा ‘नेपाल्स फेस अफ द इयर’, फस्ट र सेकेण्ड रनरअपका साथमा ‘बेस्ट स्कीन’, ‘मिस चार्मिङ’, ‘बेस्ट स्पीच’, ‘मिस क्याटवक’, ‘मिस फ्रेण्डली’, ‘मिस व्युटिफुल’, ‘बेस्ट स्माइल’, ‘बेस्ट हेयर’, ‘बेस्ट पर्सनालिटी’, ‘मस्ट फोटोजेनिक’, ‘मिस कन्जेनियालिटी’, ‘मिस पपुलर’, ‘फेसबुक भ्युअर च्वाईस अवार्ड’, ‘मिस ट्यालेन्ट’जस्ता उपाधिमा विजेता छनौट गरिने छ ।

दुबै प्रतियोगिताको अडिसनमा एबीसी ह्यान्डसकी अध्यक्ष सुनिता पाठक र उपाध्यक्ष वर्षा मिश्रा, अभिनेत्री पल्पसा डंगोल, फलाईटेक इन्टरनेशनलका नजिर हुसैन, गायक भरत समरी तथा कोरियोग्राफरद्वय रोजिन शाक्य र अश्विनी झा निर्णायक थिए । प्रतियोगिता अश्विनी झाको कोरियोग्राफीमा हुँदैछ ।

SUBSCRIBE 👉