गरिमा बनिन् लिटिल मिस वर्ल्ड नेपाल


Garima-Gyawaliग्ल्यामर नेपाल, काठमाडौं । राष्ट्रिय बालदिवसको अवसर पारेर नेप्लिज काउन्सिलले आयोजना गरेको ‘लिटिल मिस वल्र्ड नेपाल २०१४’ को उपाधि भेनस पब्लिक स्कुलकी १३ वर्षिय गरिमा ज्ञवालीले जितेकी छिन् । प्रतियोगितामा गरिमाले मुख्य उपाधिसहित ट्यालेण्ट विधाको फस्ट रनरअप अवार्ड पनि जितिन । उपाधिसँगै गरिमाले टर्कीको आन्टालियामा आगामी सेप्टेम्बर २८ देखि अक्टोबर ४ सम्म हुने १४ औं ‘लिटिल मिस वल्र्ड २०१४’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

बालप्रतिभा प्रर्दशन एवं संस्कृति संवद्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा केयर इङ्लिस बोर्डिङ स्कुलका प्रेरणा भट्टराई फस्ट रनरअप, जेम्स स्कुलकी जेसिका सिम्खडा सेकेण्ड रनरअप, होलिभिजन इन्टरनेश्नलका श्रुति दाहाल र अरनिको बोर्डिङ्ग स्कुलका संस्कृति पन्त क्रमशः तेश्रो र चौथो रनरअप बने ।

यस्तै लिटिल मिस ट्यालेण्ट २०१४ सोनिया घिसिङ, लिटिल मिस ट्यालेण्ट सेकेण्ड रनर अप आस्था गुरुङ, नेप्लिज काउन्सिल मोडल अफ द योर संस्कृति अधिकारी, ब्यूटिहेयर श्रुति डंगोल, ब्यूटिस्किन रिया सापकोटा, फोटोजेनिक सेलिना बस्नेत, फ्रेण्डसिप, पन्चुयालिटि, डिसिप्लिन, स्माइल, मिस क्यूटमा क्रमशः रोमाकुमारी गुप्ता, दिया के. सन्जेल, प्रज्योति पोखरेल, सुभेक्षा पोखरेल, यूरिका कुँवर, लिटिल मिस क्रियटिभ एवार्ड जागृति लुइँटेल र लिटिल मिस पब्लिक च्वाइस एवार्ड प्रेरणा श्रेष्ठ बने ।

प्रतियोगितामा देउती गुरुङ (प्रहरी उपरीक्षक), स्वयम्भु रत्न शाक्य (गायक), सुभेक्षा खड्का (मिस नेपाल २०१२ दोश्रो रनरअप), याङमाली राई (प्रेसिडेन्ट याङवार्ड फाउन्डेसन, अमेरिका) निर्णायक रहेका थिए ।

SUBSCRIBE 👉