लिटिल नेवामा २१ बालिका


Little-Miss-Newaग्ल्यामर नेपाल, काठमाडौं । नेप्लीज फेसन होमले राजधानीमा आयोजना गर्न लागेको ‘मिस लिटिल नेवाः ११४३’ मा २१ जना बालिका अन्तिम प्रतिस्पर्धाका लागि जुटेका छन् । नवौ संस्करणको प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका बालिकाहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागीहरुलाई कोरियोग्राफर रोहिया महर्जनले व्यक्तित्य विकास सम्बन्धी विभिन्न प्रशिक्षण दिँदै आएकी छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार करिब एक महिना यता प्रतिभा निखार्दै आएका बालिकाहरु शनिबार ‘ट्यालेन्ट सो’ राउन्डअन्र्तगत आ–आफ्नो प्रतिभा प्रस्तुत गर्दैछन् ।

२६ असोजमा हुने अन्तिम फाइनलमा प्रकृति मानन्धर, युरिना महर्जन, शिवान ग्रेस महर्जन, आरसीया मानन्धर, शुभेच्छा महर्जन, सानिया शाक्य, प्रतिष्ठा शाक्य, अविज्ञा शाक्य, कसिश शाक्य, नम्रता शाक्य, लुजला माथेमा, श्रद्धा महर्जन, सिम्रन नेपाली, सम्रिना शाक्य, केसाङछोतेन शाही, नास्वाहाँ मानन्धर, लुनिभा तुलाधार, श्रीस्ना बज्राचार्य, कृति मानन्धर, राहिता श्रेष्ठ, मुस्कान चित्रकार र सुरमा डंगाल ताज चुम्नका लागि प्रतिष्पर्धा गर्दैछन् । फाइनल नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुनेछ ।

SUBSCRIBE 👉