सांगीतिक वजारमा नवीनको श्लोक


Nabin-K-Bhattaraiग्ल्यामर नेपाल, काठमाडौं, गायक नविन के भट्टराई दसैं लगत्तै नयाँ एल्बम ‘श्लोक’ लिएर स्राेतामाझ आएका छन्। उनको यो चौधौं एकल एल्बम बुधवारदेखि बजारमा आएको हो। नविनले आफ्नै साढे दुई वर्षीय छोराको नामबाट यो एल्बमको शीर्षक जुराएका हुन्। नविनले आफ्नो नयाँ एल्बममा पप शैलीका आठ गीत समावेश गरेको बताएका छन्।

यसअघि जिन्दगी, रहरै रहरमा, आभाष, स्मृति, सम्झना, नविन, द ब्लु, स्मृति रिलोडेड, समर्पण, जि-मेजर, नक्षत्र आदि १३ वटा वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक भट्टराईले दसैं लगत्तै नयाँ एल्बम स्राेतामाझ ल्याएका हुन्। उत्तर-पूर्वी भारतको नागाल्याण्ड तथा म्यान्मारमा दसैं विशेष सांगीतिक कार्यक्रममा सहभागिता जनाएर स्वदेश फर्किए लगत्तै गायक भट्टराईले यो एल्बम सार्वजनिक गरेका हुन्।

nabin-kishor-bhattarai-slokएल्बममा समावेश गरिएको एउटा गीत ‘फर्केन तिम्रो मन…’ को म्युजिक भिडियो शुक्रवार विभिन्न टेलिभिजन च्यानलबाट प्रिमियर हुँदैछ। यो भिडियोमा नविन स्वयंले अभिनय गरेका छन्। निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा नविनलाई मोडल सामिया बड्तौलाले अभिनयमा साथ दिएकी छिन्।

स्टेरियो रेकर्ड्सले बजार प्रवद्धन गरेको यो एल्बमका सात वटा गीतमा गायक भट्टराईकै शब्द तथा संगीत छ भने एउटा गीतमा मनोज केसीको शब्द तथा सन्दिप डंगोलको संगीत सुन्न सकिन्छ। स्टेरियो रेकर्ड्सले यसअघि सुगम पोखरेलको एल्बम बजारमा ल्याइसकेको छ।

SUBSCRIBE 👉