सुर्मा बनिन् मिस लिटिल नेवा


Little-Miss-Newaग्ल्यामर नेपाल, काठमाडौं । नेप्लिज फेसन होमले राजधानीमा आयोजना गरेको नवौं संस्करणको ‘मिस लिटिल नेवा ११३४’को उपाधि सुर्मा डंगोलले जितेकी छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित प्रतियोगितामा २० प्रतिष्पर्धीलाई उछिन्दै सुर्माले उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा मुस्कान चित्रकार फष्ट र लुनिभा तुलाधर सेकेण्ड रनरअप बने । विधागत अवार्डतर्फ आर्सिया मानन्धर ‘मिस ट्यालेन्ट’, अविज्ञ शाक्य ‘बेष्ट नेपाल भाषा’, किर्ती मानन्धर ‘बेष्ट ड्रेस’, सुवेक्षा महर्जन ‘मिस फोटोजेनिक’, प्रकृति मानन्धर ‘मिस फ्रेण्डसिप’, कशिष शाक्य ‘मिस डिसिप्लिन’, रोहिता श्रेष्ठ ‘मिस वेष्ट हेयर’, केसाङ छ्योतेन शाही ‘मिस वेष्ट स्किन’, नम्रता शाक्य ‘बेष्ट स्माइल’ घोषित भए । यसैगरी सिवन ग्रेस महर्जन ‘मिस इनोनसेन्ट, सानिया शाक्य ‘मिस चार्मिङ’ र प्रतिष्ठा शाक्य ‘मिस पर्सनालिटी’ विधामा अब्बल दरिए ।

प्रतियोगिताको निर्णायकमा गायक प्रवेशमान शाक्य, बुटिक एसोसिएसन नेपालका अध्यक्ष उज्जवलकृष्ण श्रेष्ठ, नमूना कलेज अफ फेसन टेक्नोलोजीका सहप्रधानाध्यापक जिवेश्वरलाल श्रेष्ठ, मिस नेवा २००६ सुविता प्रधान, मिस नेवा २००७ सुप्रिया तुलाधर, मिस नेवा ११३२ सुनिता डंगोल, मिस नेवा ११३३ सुदिना श्रेष्ठ, मिस नेवा ११३४ अलिसा बज्राचार्य र प्रिन्सेस नेपाल २०१४ रुस्मिता शाही रहेका थिए ।

SUBSCRIBE 👉