शैलेन्द्रको ‘वन डे’ बजारमा


One-Day-Audio-CD-Coverग्ल्यामर नेपाल,काठमाडौं।
पुराना संगीतकर्मी शैलेन्द्र प्रधान ‘बाबु’ को नयाँ एल्बम ‘वन डे’ बजारमा आएको छ। लामो समयदेखि संगीतकर्ममा रहेका शैलेन्द्र पुरानो सांगीतिक समुह ‘सिजन्स ब्याण्ड’ मा किबोर्डिष्टको रुपमा आवद्ध थिए। यतिबेला उनले पहिलो पटक सोलो एल्बम सार्वजनिक गरेका हुन्। स्टेरियो रेकर्ड्सले मंगलबारदेखि बजारमा सार्वजनिक गरेको यो एल्बममा पप शैलीका ६ वटा गीत सुन्न सकिन्छ। कुशल संगीत संयोजक (म्युजिक एरेञ्जर) को रुपमा समेत चिनिने शैलैन्द्रले आफ्नो डेब्यू एल्बममा गायक सुमग पोखरेल, गायक भरत सिटौला, मोहित मुनाल, सुजन केसी तथा आफ्नै संगीतका गीत गाएका छन्।

एल्बमका गीतहरु डा.बद्री पोखरेल, मोहित मुनाल, जिएम प्रधान, भार्गव सुबेदी तथा गायक प्रधानले रचना गरेका हुन्। यसैबीच एल्बमको एउटा गीत ‘कस्तो बेला…’ को म्युजिक भिडियो पनि यसै साता प्रिमिएर गरिएको छ। जीवन थापाद्वारा निर्देशित यो म्युजिक भिडियोमा डा.बद्री पोखरेलको शब्द तथा भरत सिटौलाको संगीत निर्देशन छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉