नलिनाको आठौ सांगीतिक एल्बम ‘सासले’ सार्बजनिक


Nalina-Chitrakar-New-Albumग्ल्यामर नेपाल, काठमाडौं ।
करिब २६ वर्ष अघि नेपाल भाषाको गीतमार्फत सांगीतिक क्षेत्रमा डेब्यु गरेकी चर्चित पप गायिका नलिना चित्रकारले करियरको आठौं एल्बम श्रोतामाझ ल्याएकी छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममाझ ‘सासले’ नामक एल्बम आइएमएसका प्रमुख दीपक मल्होत्रा, गायिका नलिना र उनका पति सञ्जीव मिश्रले एकसाथ विमोचन गरे ।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

भिजे सुरज गिरीले गायिका नलिनासँग उनको सांगीतिक करियरका बारेमा विविध विषयमा संवाद गरेपछि एल्बम सार्वजनिक गरिएको थियो । कुल सत्रवटा गीत रहेको एल्बममा चारवटा मात्र नयाँ गीत छन् भने बाँकी १३ वटा गीतहरु यसअघि नै सार्वजनिक भएका हिट नम्बरका रहेका छन् । नयाँ गीतमा ‘सासले बाँच्छ मानिस’, ‘परेलीमा’, ‘प्रश्न’ र ‘लैबरी लै’ बोलका गीत छन् जसमा धर्मेन्द्र सेवान, दिनेश अधिकारी, महेश राना र उत्तम भौकाजीको शब्द तथा बिजु बज्र, सुगम पोखरेल, मोहित मुनाल र स्वरुपराज आचार्यको संगीत रहेको छ । कार्यक्रममा अमेरिकामा छायांकन गरिएको शीर्ष गीत ‘सासले’को भिडियोसमेत देखाइएको थियो ।

यी गीत बाहेक ‘पानी पानी’, ‘गोरी काली’, ‘चाहिँदैन हिरा मोती’, ‘तिम्रो अधर तिम्रो नजर’, ‘रंग’, ‘मस्ती’, ‘एकै छिन’, ‘जिन्दगी’, ‘कहिले गर्छौ’, ‘अञ्जुली भरी’, ‘मायाले लाउने’, ‘मेहन्दी लगाउ’ र ‘कति धेरै भर हुन्छ’ बोलका गीत छन् ।
नलिनाले पहिलो एल्बम ‘प्रियतम’ २०५४ सालमा ल्याएकी थिईन् । त्यसयता उनका ‘नलिना’, ‘रंग’, ‘सेलेक्टेड नलिना’, ‘जिन्दगी’, ‘रिफ्रेस बोएट’ र ‘परेलीमा’ नामका एल्बम रहेका छन् ।

SUBSCRIBE 👉