आवारा बन्दै राजेश


Rajesh-Dhunganaग्ल्यामर नेपाल, काठमाडौं ।
सडक बालबालिकाको दिनचर्या र जीवन भोगाइको उतारचढाव एव यर्थाथतालाई मूल विषयवस्तु बनाइएको फिल्म ‘आवारा’को राजधानीको कोटेश्वरस्थित महादेव स्थानमा मूहुर्त गरिएको छ ।

रुकु फिल्मसका लागि राजेश ढुङ्गाना प्रस्तुतकर्ता रहेको फिल्मका निर्मातामा उग्रसेन ढुङ्गाना र झमक लामा रहेका छन् । दिनेश पौडेलको निर्देशन रहने फिल्ममा राजेश ढुङ्गाना, हर्षिका श्रेष्ठ, राजेन्द्र बस्नेत, सन्ध्या महर्जन, लोकेन्द्र ओली, रविन लामा, रोहित जोशी, उमेश खड्का, सुजना ढकाल, नमिता खड्का, जानु अर्यालआदिको अभिनय रहने छ ।

ओम सुनारको संगीत, हिमाल केसीको द्वन्द्व, कविराजको नृत्य रहने फिल्मको छायांकन शुरु भइसकेको छ ।

SUBSCRIBE 👉