सुष्मालाई ‘मिस कल’ भन्दा ‘कल’ नै प्यारो


Sushma-Gajitग्ल्यामर नेपाल, काठमाडौं ।
मोबाइलमा बारम्बार ‘मिस कल’ गर्दा जसलाई पनि रिस उठ्छ । ‘मिस कल’को सट्टा ‘पूर्ण कल’ नै आइदिए राम्रो मान्छन् मोबाइल प्रयोगकर्ता । अभिनेत्री सुष्मा कार्कीलाई पनि यस्तै हुँदो रहेछ । त्यसैले त उनी गत आईतबार राती ललितपुरमा गायिका गायत्री थापाको लोक आईटम गीत ‘फोन गर मायाँलु मिस कल नगर…’को म्युजिक भिडियो सुटिङका कम्मर मर्काई मकाई नाँचिरहेकी थिईन् ।

Sushma-karkiसञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेको भिडियोमा सुष्मासँग अभिनेता गजित विष्टले नृत्य गरेका छन् । ललितपुरको ग्वार्कोस्थित ‘१९९९ ए डी पार्टी भेन्यु’मा सेट लगाएर छायांकन गरिएको म्युजिक भिडियोको कोरियोग्राफी राशी भण्डारीले गरेकी छन् । निरोज श्रेष्ठले खिचेको यो भिडियोको सम्पादन मित्रदेब गुरुङले गर्दैछन् । यसै साताबाट यो भिडियो सञ्चार माध्यममा आउने निर्देशक क्षत्रीले जानकारी गराए ।

SUBSCRIBE 👉