चेलीवेटी बेचविखनविरुद्ध यमबुद्धको आवाज (भिडियोसहित)


Malina-Joshi-Yama-Buddha-Song-Photoग्ल्यामर नेपाल, काठमाडौं ।
प्रत्येक वर्ष १२ देखी १५ हजार नेपाली चेलीहरु भारतको कोठीमा बेचिन्छन्। तीमध्ये २० प्रतिशतभन्दा धेरै १६ वर्ष मूनिका बालिकाहरु हुन्छन् र ३५ प्रतिशत एचआइभी/एड्सबाट संक्रमित छन्। चेलिबेटी बेचविखनविरुद्ध सरकारी तथा गैह्रसरकारी तहबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भए पनि ती प्रभावकारी हुन सकेका छैनन्। सुरक्षा निकायलाई छक्याउँदै दलालले विभिन्न प्रलोभन देखाई नयाँ–नयाँ बाटो प्रयोग गरेर चेलीलाई भारतीय कोठीहरुमा पुर्‍याउँछन्।

पछिल्लो समयका चर्चित र्‍यापर यमबुद्धले नेपाली चेलीको दर्दनाक कथालाई शब्दमा बुनेर गाएका छन्। ‘यो प्रसंग…’ बोलको उक्त गीतमा एउटी ग्रामिण भेगको गरिब र अशिक्षित परिवारमा जन्मिएका चेली कसरी भारतीय कोठीमा पुग्छिन् ? भन्ने पीडा पोखिएको छ। गीतको शब्द र संगीत पनि यमबुद्धले नै तयार पारेका हुन्।

यमबुद्धले नै निर्देशन गरेको भिडियोमा मनिला जोशी र रेश मरहठ्ठालाई फिचरिङ गरिएको छ। सामाजिक सञ्जाल र चेलीबेटी बेचविखनविरुद्धका अभियानमा यो गीत निकै हिट भइरहेको छ। गीतमा गगन थापा, प्रियंका कार्की, इन्दिरा जोशी, शुभेच्छा भँडेल, इशानी श्रेष्ठ, सदिच्छा श्रेष्ठलगाएतका सेलिब्रेटीले मानव बेचविखनविरुद्ध जनाएको ऐक्यबद्धता पनि समेटिएको छ।

युवापुस्तामा अत्याधिक रुचाइएका यमबुद्धले यसभन्दा पहिले सडकबालबालिका तथा ड्रग्सको लतमा फसेका युवाको पीडा उतारिएको गीत पनि गाएका थिए।

SUBSCRIBE 👉