मठमन्दिर घुमे सुन्दरीहरु


MISS HERITAGE INTERNATIONAL

Miss-Heritageग्ल्यामर नेपाल, काठमाडौं ।
ईप्लानेट नेपालले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ मा सहभागिता जनाउन आएका विभिन्न मुलुकका सुन्दरीहरुले राजधानीका विभिन्न मठ मन्दिरको भ्रमण गरेका छन्। बंगलादेश, म्यानमार, सिंगापुर, सेरालीयोन, थाइल्याण्ड, जाम्बिया, जिम्बावे, युगाण्डा, भारत, नेपाल, रसिया र बेलारुस गरी बाह्र राष्ट्रका सहभागी सुन्दरीहरुले पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, बसन्तपुर स्क्वायर, पशुपतिनाथ, स्वयम्भु क्षेत्रको अवलोकन भ्रमण गरी नेपाली कला संस्कृति, सम्पदा तथा पर्यटन क्षेत्रको महत्वपुर्ण जानकारी हासिल गरेका छन् ।

Miss-Hetiageआयोजकका अनुसार सुन्दरीहरुले बौद्ध जन्मस्थल लुम्बिनी तथा चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत गरेका छन्। उनीहरुले सौराहमा थारु समुदायको मौलिक सांस्कृतिक प्रस्तुतिको अवलोकनसमेत गरेका थिए । संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार प्रतियोगिताको कोरियोग्राफी सञ्चारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले थाइल्याण्डका अनुरत कोसाकुलसँगै सहकार्य गरि गरिरहेका छन् । प्रतियोगिताको फाइनल मंसीर १९ गते राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुँदैछ ।

SUBSCRIBE 👉