नन्दिताको पारिवारिक प्रेम(भिडियो)


ग्ल्यामर नेपाल, काठमाडौं ।
लोकप्रिय निर्देशक स्व. आलोक नेम्बाङले गत कात्तिक २० गते आत्महत्या गर्नुअघि निर्देशन गरेको एउटा नया“ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सरु पराजुलीको नया“ एल्बम ‘नमन’ को ‘आए धेरै जोवनमा भने जस्तो तिमी, रोजेकी छु यो मनले सबै बुझ्ने तिमी…’ गीतको म्युजिक भिडियो कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘कल कान्तिपुर’ मार्फत प्रिमियर गरिएको हो ।

आत्महत्या गर्नुभन्दा करिब एक महिनाअघि ललितपुरका विभिन्न आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा गायक युवराज चौलागाईं, गायिका नन्दिता केसी तथा मोडल करीना भट्टराईले अभिनय गरेका छन् । भिडियोमा युवराज र नन्दिताले श्रीमान्–श्रीमतीको तथा करीनाले छोरीको भूमिका निर्वाह गरेकी छिन् । गायिका पराजुलीका श्रीमान् गीतकार शिव चौलागाईंको शब्द तथा अम्बर सुब्बाको संगीतको यो गीतको भिडियोमा निर्देशक नेम्बाङले नन्दिता र करीनाको नृत्यको कोरियोग्रँफी समेत गरेका थिए । हरि हुमागाईंले छायांकन गरेको उक्त भिडियोको सम्पादन प्रकाश तुलाधरले गरेका हुन् ।

यसअघि सुरभी तथा नमन गरी दुई वटा एकल एल्बम तथा थुप्रै कलेक्सनमा स्वर दिइसकेकी गायिका सरु पराजुलीले निर्देशक नेम्बाङसंग पहिलो पटक काम गरेकी हुन् । ‘मेरो गीतको म्युजिक भिडियो पहिलो पटक हेर्दा निर्देशक नेम्बाङको अनुहार मात्र आ“खामा आइरह्यो, हाल सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेकी गायिका पराजुलीका अनुसार नेम्बाङले उक्त भिडियोमा प्रसस्त मेहनत गरेका छन् । लोक, आधुनिक, फिल्मी, नेवारी, राष्ट्रिय, तीज गीत, विज्ञापन जिंगलमा समेत स्वर दिइसकेकी गायिका पराजुलीले निर्देशक नेम्बाङको काम गर्ने शैली तथा सिर्जनशीलता प्रशंसा योग्य रहेको बताएकी छिन् ।

SUBSCRIBE 👉