थाइल्याण्डमा रिमा र सुजनको रोमान्स(भिडियो)


Reema-Biswakarmaग्ल्यामर नेपाल, काठमाडौं ।
उदितनारायण झा र दीपा झाको स्वर रहेको ‘सागर झै गहिरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा रिमा विश्वकर्मा र सुजन रेग्मीले मोडलिङ गरेका छन् । मनोज सिंहले संगीत भरेको गीतमा सुदिपकुमार रेग्मीको शब्द छ । रेग्मीले गत वर्ष गीतकरा संघबाट उत्कृष्ठ गीतकारको सम्मानसँगै एक लाख रुपैंयाँ पुरस्कार जितेका थिए ।

भिडियोका छाँयाकार नितिन चन्द हुन् भने सम्पादन प्रकाश तुलाधरको छ । भिडियोको छायांकन थाइल्याण्डमा गरिएको हो । गीतकार रेग्मीका ‘भन के गर्नु पर्छ’, ‘चोटै चोट मात्र किन’ बोलका गीत हिट छन् । भिडियोमा रिमा र सुजनको रोमान्टिक प्रेमलाई प्रस्तुत गरिएको छ ।

SUBSCRIBE 👉