म्यानमारकी सुन्दरीलाई मिस हेरिटेजको उपाधि


Miss-Heritage-International-2014 (2)ग्ल्यामर नेपाल, काठमाडौं ।
ईप्लानेट नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ को उपाधि म्यानमारकी सुन्दरी Hla Yin Kyae ले जितेकी छन्। विधागत अवार्डतर्फको ‘बेष्ट बडी’को उपाधिसमेत जितेकी Hla Yin Kyaeले १० हजार डलर बराबरको ताज शिरमा पहिरिने मौका पाईन्।

प्रतियोगितामा थाइल्याण्डकी Kwintra Praphasanobon ले फष्ट रनरअपसागै बेष्ट इभिनिङ गाउन र बेष्ट नेसनल कष्ट्युमको अवार्ड पनि जितिन्। त्यस्तै भारतकी Shital Upare सेकेण्ड रनरअप बनिन् भने सियरालियोनकी Mariatu M Dukuray तेस्रो रनरनपसागै मिस हेरिटेज इन्टरनेशनल पिस एम्बासेडरको विधागत अवार्डकी दाबेदार बनिन्। त्यस्तै सिंगापुरकी Vinetia Lim Hui Sze चौथो रनरअपसागै मिस हेरिटेज इन्टरनेशनल एसियाको अवार्ड पनि जितिन्।

प्रतियोगितामा नेपाली प्रतियोगी नानी थापाले मिस हेरिटेज इन्टरनेशनल इन्भारोमेन्टल एम्बासेडर अवार्डमा चित्त बुझाउादा जिम्बावेकी Zinhle Dube ले मिस हेरिटेज इन्टरनेशनल कल्चरल एम्बासेडर र मिस हेरिटेज इन्टरनेशनल अफ्रिका, युगाण्डाकी Namwase Florence मिस हेरिटेज इन्टरनेशनल टुरिजम एम्बासेडर, रसियाकी Tatiana Sheboronima मिस हेरिटेज इन्टरनेशनल युरोप, बंगलादेशकी Sultana Raka मिस फोटोजेनिक र जाम्बियाकी Domiah Lihonde मिस कञ्जिनेलिटी घोषित भए।

प्रतियोगीहरुले नेशनल कस्ट्युम, वातावरण सचेतना जगाउने पहिरन, इभिनिङ गाउन गरी तीन राउन्डमा प्रतिष्पर्धा गरेको संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए। प्रतियोगीलाई सञ्चारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले थाइल्याण्डका अनुरत कोसाकुलसाग सहकार्य गर्दै ग्रुमिङ गरेका थिए।

SUBSCRIBE 👉