ट्यालेन्ट शोमा प्रीन्स एन्ड प्रीन्सेस


Prince-and-princesग्ल्यामर नेपाल ।
बेटर ग्यालेक्सीले आयोजना गरिरहेको बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिता ‘प्रीन्स एन्ड प्रीन्सेस -२०१४’ का प्रतिस्पर्धिहरुले काठमाडौंमा आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। मंसिर २६ गते शुक्रवार आयोजना हुने फाइनल प्रतिस्पर्धाभन्दा अघि २३ जना बालिका तथा १८ जना बालकहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्।

७ देखि १३ वर्ष उमेर समुहका ४१ जना बालबालिकाहरुको प्रतिभा मूल्यांकन गर्न फुटबल खेलाडी हरी खड्का, नायिका नीता ढुंगाना, नायक आमेश भण्डारी, गायक अमृत क्षत्री, काठमाडौं लेडिज जेसिसककी अध्यक्ष मिनिश्वरी श्रेष्ठ निणरयकको रुपमा सहभागि थिए। ट्यालेन्ट शोको क्रममा प्रतिस्पर्धि बालबालिकाहरुले चित्रकला, अभिनय, नृत्य, प्रहसन, वतृत्व कला तथा खेल कौशल प्रदर्शन गरेका थिए।

स्वस्तिका राजभण्डारीले कोरियोग्राफी गरिरहेको प्रतियोगिताको निणरयक प्रतिस्पर्धा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने प्रतियोगिताका व्यवस्थापक धीरज तण्डुकारले बताएका छन्। ट्यालेन्ट शोमा सहभागि हुनुअघि प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई सिंहदरवार बग्गीखानास्थित ट्राफिक प्रहरीको प्रधान कार्यालयमा सम्पन्न एउटा कार्यक्रममा ट्राफिक नियम सम्बन्धि जानकारी हासिल गरेका थिए। यसबाहेक भक्तपुरका विभिन्न ऐतिहासिक स्थल को भ्रमणका क्रममा समेत उनीहरुलाई जिवनोपयोगी जानकारी प्रदान गरिएको थियो।

SUBSCRIBE 👉