स्टेजमै लुगा टुक्रा टुक्रा हुँदा


Model-Rampलण्डनमा हालै भएको एक फेशन शोको र्याम्पमा हिँडिरहेकी एक मोडललाई आफ्नै पहिरनले ठूलो संकटमा पारेको छ । चकलेटले बनेको कपडा लगाएर र्याम्पमा हिँडेकी ती मोडल आधा हिड्न नपाउँदै कपडा टुक्रा टुक्रा भएर स्टेजमै झर्न थालेपछि उनलाई संकट परेको हो ।

फ्रेञ्च टेलिभिजन प्रस्तोता केरिन फेरीले चकलेटले बनेको स्र्कट लगाएर र्याम्पमा हिँडेकी थिईन् । जुन बेला उनको कपडा एक–एक गर्दै स्टेजमै झरेको थियो । २९ वर्षकी फेरीले चकलेटी कपडालाई सम्हाल्न खोजे पनि उनको त्यो काम निकै ढिलो भइसकेको थियो । तर पनि उनी पूर्ण आत्मविश्वासका साथ स्टेजमा हिँडेकी थिईन् ।

SUBSCRIBE 👉