गायत्रीको मिसकलमा सुष्माकार्कीको गरमा गरम डान्स


ग्ल्यामर नेपाल ।
लामो समय गीत लेखनपछि गायनमा लागेकी गायत्री थापाले लोक पप गीत भिडियो ‘कल गर मायालु मिस कल नगर…’ रिलिज गरेकी छन्। थापाले यो गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल यु ट्युब मार्फत रिलिज गरेकी हुन्। रिलिज भएको छोटो समयमा नै हजारौ दर्शकले म्युजिक भिडियो हेरेपछि उनी दंग परेकी छन्। यो भिडियोलाई छोटो समयमा नै दर्शकले बढी मन पराएको उनले बताइन्।
sushma-karki-hot-actress-of-nepal
नायिका सुष्माकार्की को गरमा गरम नृत्य फिचर्ड गरिएको म्युजिक भिडियोलाई संचार कर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा सुष्मा कार्की संगै अभिनेता गजित विष्टले पनि डान्स गरेका छन्। राशी भण्डारीले कोरियोग्राफी गरेको यो भिडियो निरोज श्रेष्ठले खिचेका हुन्। मित्र गुरुङले सम्पादन गरेको यो लोक आइटम म्युजिक भिडियो चलचित्रको आइटम गीतभन्दा कम नबनेको सञ्चारकर्मीको प्रतिक्रिया छ।

SUBSCRIBE 👉