उत्सव र सुमिना भए प्रिन्स एण्ड प्रिन्सेस


ग्ल्यामर नेपाल ।
दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षिय उत्सव थापाले यो वर्षको लिटिल प्रिन्स २०१४ को उपाधी जित्न सफल भएका छन्। शुक्रवार अबेर राती जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उत्सवले १७ जना बालकहरुलाई पछि पार्दै नगद २५ हजार रुपैयाँ राशीसहित उपाधी जितेका हुन्। प्रतियोगितामा क्याम्बि्रज पब्लिक स्कूलमा कक्षा ७ मा अध्ययनरत १२ वर्षिया सुमिना लामाले ‘लिटिल प्रिन्सेस २०१४’ को उपाधी जित्न सफल भइन्। २२ जना बालिकाहरुलाई पछाडी पार्दै प्रतियोगितामा विजयी भएकी सुमिनाले पनि नगद २५ हजारको साथमा विभिन्न उपहारहरु जितिन्।
Prince-and-Princess-2बेटर ग्यालेक्सी ईन्टरटेन्मेन्ट प्रालिको यो १२ औं संस्करणको प्रतियोगितामा १८ जना बालक तथा २३ जना बालिकाहरुले प्रतिस्पर्धा गरेका थिए। ७ देखि १३ वर्ष उमेर समुहका बालबालिकाहरुको यो प्रतियोगितामा रोबिस सुवेदी र आश्रय रञ्जित तथा लिजा गुरुङ र लि सोनो (कोरियन नागरिक) ले फस्ट रनर्स अपको उपाधी जिते। यसैगरी बिटेन श्रेष्ठ तथा उत्सव ढकाल र ऋचा घिमिरे तथा आस्मा घिसिङले सेकेण्ड रनर्स अपको उपाधीमा चित्त बुझाए।

गायक निर्णय श्रेष्ठ, कोरियोग्राफर जयन सुब्बा मानन्धर, फेसन डिजाइनर पूनम गौतम, समाचारवाचक सालिक सुवेदी, संगीतकर्मी सुरेन्द्र श्रेष्ठ, नृत्य निर्देशक गोविन्द राई तथा चलचित्र निर्देशक रविराज अर्याल निर्णायक मण्डलमा रहनु भएको प्रतियोगिता परिचयात्मक चरण हुँदै अघि बढेको थियो।
Prince-and-Princess-1शसस्त्र प्रहरी प्रमुख सनत कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धि बालबालिकाहरुले आफ्नो रोजाइका पहिरन प्रदर्शन गरेका थिए। त्यसपछिको चरणमा बालकहरुतर्फ टप टेन तथा बालिकाहरुतर्फ टप ट्वेल्भ छनौट गरिएको थियो। त्यसपछिको चरणमा निर्णायक संगको प्रश्नोत्तरका आधारमा दुबै समुहका सात-सात जना प्रतिस्पर्धिहरु अन्तिम चरणमा प्रवेश गरेका थिए।

स्वस्तिका राजभण्डारी तथा नेहा घिमिरेद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगितामा कायरा बुटिकले अफिसियल डिजाइनरको रुपमा विभिन्न पहिरनहरु उपलब्ध गराएको थियो ।
Prince-and-Princess-3प्रतियोगितामा रिहान्ना महर्जन र उत्सव ढकालले मोस्ट फोटोजेनिक, प्राचि महर्जन र उत्सव थापाले मोस्ट ट्यालेन्ट, लि सानो र सुमन छिरिङ शेर्पाले बेस्ट डे्रस, श्रीया थापा र नितेश पौडेलले मोस्ट डिसिप्लिन, आश्रय रञ्जित र प्रेशु श्रेष्ठले मोस्ट कन्पिmडेन्सको शीर्षक उपाधी जितेका थिए । यसैगरी आयुश तण्डुकारले मोस्ट ह्याण्डसमको उपाधी जितेको यो प्रतियोगितामा डोल्मा लामाले मोस्ट ब्युटिफूलको उपाधी जितिन् । प्रतियोगिता ऐश्वर्या खरेल र नेल्शन खनालले स्मार्ट वाकको उपाधी जिते । एसएमएस किङको उपाधी पेमाङसाङ शेर्पाले जिते भने एसएमएस क्विनको उपाधी पल्लभी लोहनीले जितिन् । बेस्ट हेयरको उपाधी सस्तिका भण्डारीले जितिन् भने मोस्ट फ्रेन्डलीको उपाधी आकृषा रजक तथा नितेश पौडेलले जिते । बेस्ट स्किनको उपाधी सम्पदा तामाङ तथा अनमोल ढकालले जित्न सफल भए । यूरिन लामा तथा श्री सिग्देलले बेस्ट क्यूटनेशको उपाधी जिते ।

SUBSCRIBE 👉