माघ १५ मा मिस राई


Miss Rai 2014 / File Photo : Maheswor Man Singh / Glamour Nepal

Miss Rai 2014 / File Photo : Maheswor Man Singh / Glamour Nepal

ग्ल्यामर नेपाल, काठमाडौं ।
किराती नयाँ वर्ष यलेदोङ ५०७५ को अवसरमा आगामी माघ १५ गते किरात राई मौलिक कला संस्कृति केन्द्रले ‘तेस्रो मिस राई २०१५’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार प्रतियोगिती छनौंटका लागि पौष १२ गते पूर्वाञ्चलमा र पौष १६ गते काठमाडौंमा अडिसन गरिनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने फाइनलको विजेतालाई प्रमाणपत्र, ५० हजार रुपैयाँसहित ‘मिस राई अवार्ड’ प्रदान गरिनेछ भने किरात राई समुदायमा तिन चुलाको मुख्य भूमिका रहने हुँदा प्रतियोगिताको पहिलो(बंशज चुलो), दोस्रो(कुटुम्व चुलो) र तेस्रो (समाज चुलो) रनरअपलाई प्रमाणपत्रसहित २०–२० हजार रुपैंयाँ प्रदान गरिनेछ ।

यस्तै मिस फोटोजेनीक(निनाम्मा), मिस डिसीप्लिन(हेन्खामा), मिस ट्यालेन्ट(सुम्दिमा), मिस फ्रेन्डसीप (बाखाम्मा), मिस बेस्ट ड्रेस(सारुमा), भ्युअर च्वाइस अवार्ड(तायामा) र मिस पर्सनालीटी(खियामा) विधाको अवार्ड पनि प्रदान गरिनेछ । प्रतियोगी राई सुन्दरीहरुलाई व्यक्तित्व विकासलगायतका विषयमा प्रशिक्षण दिइनेछ । यो प्रतियोगिता गत वर्ष मोरङ घर भई हाल राजधानीको बसुन्धरा बस्दै आएकी सोनी राईले जितेकी थिईन् ।

SUBSCRIBE 👉