युएईमा नेपाली कलाकारहरु सम्मानित


nepali-artist-in-uae-1लालबहादुर ढेंगा, दुबई । नेपालीहरुको गौरब रास्ट्रिय झण्डालाई लिएर नेपालको कला र संस्कृतिलाई चिनाउँदै ‘दुबई व्यापार महोत्सव २०१४’मा सत्यवती कलाकेन्द्र ववरमहल काठमाडौंबाट आएका कलाकारहरुलाई दुबईमा सम्मानित गरिएको छ। दुबईको सिंध पंजाब रेष्टुरेण्टमा मगर समाज युएईले आयोजना गरेको एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मानित गरिएको हो।

nepali-artist-in-uae-4समाजले सत्यवती कलाकेन्द्रका निर्देशक उदिराम खड्कासहित सुरेश गुरुङ, तृप्ति खड्का, बुद्धि परियार, आस्तित्व मगर, बिना रुम्बा, बसन्ती मगर, ज्योति वली, भविश्य खड्का र छविलाल खड्कालाई सम्मान गरेको हो। मगर संघ युएईका संरक्षक गिरमान थापा तथा अध्यक्ष हस्तराज दर्लामी मगरले कलाकारलाई सम्मान गरेका थिए। कलाकारहरुले गत जनवरी २ देखी एक महिनासम्म चलेको महोत्सवमा ६० देशले आ-आफ्ना देशका संस्कृति झलकाउने खालका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। जसमा नेपालको कौडा, शेर्पा, मयुर, झांकी, तामाङ, अपेरा नृत्य, झ्याउरे, थारु, भोजपुरी र सिंगारु रहेको थियो। विश्वको ६० देशमध्ये नेपालले टप ११ नम्बरको स्थान प्राप्त गर्नमा समेत सफलता पाएको छ।

nepali-artist-in-uae-2सम्मान ग्रहण पश्चात गायिका तृप्ति खड्काको एल्वम ‘तृप्ति आधुनिक दोहोरी कलेक्शन’ भाग २ भिसिडीको विमोचन समेत गरिएको थियो। संघका संरक्ष थापा र गायिका तृप्ति खड्काले संयुक्त रुपमा विमोचन गरेका हुन्।
nepali-artist-in-uae-3

SUBSCRIBE 👉