साइरिला बनिन् काभ्रे लेडिज ट्यालेन्ट


Kavre-Ladyग्ल्यामर नेपाल, काठमाडौं ।
बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ आयोजना गरिएको काभ्रे लेडिज ट्यालेन्ट शो २०७१ को छैठौं संस्करणको ताज साइरिला श्रेष्ठले जितेकी छिन् । उनले शीर्ष उपाधिबाहेक बेस्ट स्माइलको अवार्ड पनि जितिन् । प्रतियोगितामा फस्र्ट रनरअप रजना मानन्धरले बेस्ट वाकको उपाधि र सेकेन्ड रनरअप मल्लिका शाक्यले बेस्ट ट्यालेन्टको उपाधि चुमे ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको कार्यक्रमको कोरियोग्राफी राज फैजुले गरेका थिए । प्रतियोगितामा अन्य शिर्षक उपाधि मध्ये डिसिप्लेनमा अनुपा आचार्य, पर्सनालिटिमा सलिना मानन्धर, कम्प्लेक्सन र ब्युटिफुल स्किनमा रस्मि सैजु, फोटोजेनिकमा श्रीया कायस्थ, ड्रेसमा सुनैना शाक्य, फ्रेन्डसिपमा अनिता श्रेष्ठ र ब्युटिफुल हेयरमा विजिता श्रेष्ठले उपाधि जितेका थिए ।

कार्यक्रमका निर्णायकहरुमा फाटोग्राफर शिवलाल श्रेष्ठ, नायिका वर्षा सिवाकोटी, खुस्बु खड्का, भिडियो निर्देशक पौल शाह, गायिका साहिमा श्रेष्ठ, फेसन डिजाइनर शोभा महर्जन र मिडिया पर्सनालिटी अन्जली प्रधानाङ्ग रहेका थिए । त्यसैगरी गुल्मी गाइजका गायक हरि कर्माचार्य, सपन श्रेष्ठ, साहिमा श्रेष्ठ, मिङस लामाले कार्यक्रममा गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए।

SUBSCRIBE 👉