एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता


Lady-Danceग्ल्यामर नेपाल, काठमाडौं ।
रिबन इन्टरटेनमेन्ट प्रालि र युवन इन्टरनेशनल इभेन्ट प्रालिले एकै मञ्चमा दुई भिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

केही अघि मात्र ‘नेपाल्स फेस अफ द इयर’ र ‘नेपाल्स चिल्ड्रेन अफ द इयर’ आयोजना गरेको रिबन इन्टरटेमेन्टले पौष १२ गते ‘नेपाल्स मिस टिन अफ द इयर २०१४’ र युवनले ‘मिस प्लस टु नेपाल २०१४’ आयोजना गर्न लागेको हो । दुवै प्रतियोगिता राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ ।

इन्टरटेनमेन्टका कार्यकारी निर्देशक निशु झाले दुबै स्पर्धाका लागि हाल तिब्र रुपमा तयारी भइरहेको बताए । दुवै प्रतियोगिताका प्रतिस्पर्धीहरुले ट्यालेन्ट राउण्ड अन्तर्गत हालै राजधानीमा गायन, नृत्य, वत्तृत्वकला, हेयर स्टाइल, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेका छन् । ट्यालेन्ट राउण्डको निर्णायकहरुमा निर्देशक योगेश घिमिरे, सुमन दाहाल, सञ्चारकर्मी सरोज प्याकुरेल, फेसन डिजाइनर मनिषा डंगोल श्रेष्ठ, मोडल तथा नायिका सगुन शाही ठकुरी रहेका थिए। ट्यालेण्ट राउण्डमा स्पर्धीहरुले प्रदर्शन गरेको प्रतिभाकै आधारमा दुबै प्रतियोगिताबाट मिस ट्यालेण्ट घोषणा गरिने युवनका प्रवन्ध निर्देशक सानु खानले बताए ।

‘नेपाल्स मिस टीन अफ द इयर’मा १६ जना किशोरीहरुले अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्नेछन् । यसमा शीर्ष उपाधिसँगै विभिन्न विधागत अवार्डमा प्रतिष्पर्धा हुनेछ । त्यस्तै मिस प्लस टुका लागि पनि प्रतियोगीहरुले शीर्ष उपाधिसहित विविध विधागत अवार्डमा भिड्नेछन् । नेपाल्स मिस टीन अफ द इयर र मिस प्लस टु नेपालका प्रतिस्पर्धीहरुले विभिन्न विषयमा प्रशिक्षण लिइरहेका छन् । दुबै प्रतियोगिताको प्रशिक्षणमा कोरियोग्राफर अश्विनी झाले कोरियोग्राफी गरिरेहका छन् ।

SUBSCRIBE 👉