सुनिल थापालाई फिल्ममा भित्र्याउने निर्देशक रहेनन्


Kailasham-Directorग्ल्यामर नेपाल, काठमाडौं ।
प्रख्यात अभिनेता सुनिल थापालाई बलिउड फिल्म ‘एक दूजे के लिए’ मार्फत अभिनयमा डेब्यु गराउने निर्माता तथा निर्देशक कैलाशम बालचन्दरको ८४ वर्षको उमेरमा निधन भएको छ । भारतको प्रतिष्ठित अवार्ड दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित कैलाशमको निधनले बलिउड शोकमग्न बनेको छ । दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई पनि कैलाशमले नै फिल्म ‘अबूर्वा रागंगल’मार्फत अभिनयमा प्रवेश गराएका थिए ।

१९३० जुलाई ९ मा तामिलनाडुमा जन्मिएका उनले १९६५ मा फिल्म निर्माणमा हात हालेका थिए । युरिनरी इन्फेक्सनका पीडित उनलाई गत डिसेम्बर ३ मा एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनका निजी मेनेजरका अनुसार कैलाशमको स्वास्थ्यमा राम्रो सुधार आइरहँदा मंगलबार अचानक उनको स्वास्थ्य बिग्रिएको थियो ।
Sunil-Thapaउनले १ सय ५० भन्दा बढी फिल्म बनाएका थिए । बलिउडका प्रसिद्ध अभिनेता कमल हसन, श्रीदेवी सरिता, प्रकाश राज जस्ता कलाकारलाई फिल्म क्षेत्रमा भित्र्याउने श्रेय कैलाशमलाई नै जान्छ । फिल्म क्षेत्रमा आउनु अघि उनी शिक्षक थिए । उनले तमिलका अलावा तेलेगु, कन्नड र हिन्दी भाषाका फिल्म बनाएका थिए । उनको अन्तिम संस्कार २५ डिसेम्बरमा गरिनेछ । फिल्म निर्माता राम गोपाल वर्मा, अभिनेता माधवन, निर्देशक अनन्त महादेवन, निर्देशक मधुर भण्डारकरलगायत अन्य कलाकारले उनी प्रति श्रद्धाञ्जली दिएका छन् । अभिनेता सुनिल थापाले पनि फेसबुकमार्फत निर्देशक प्रति श्रद्धाञ्जली दिएका छन् ।

SUBSCRIBE 👉