फेशन डिजाइनर समालाई अन्तर्राष्ट्रिय अवार्ड


Shama-Banuग्ल्यामर नेपाल, काठमाडौं ।
मुस्लिम समुदायको भएर पनि कण्डमको पहिरन बनाएर चर्चामा आएकी फेसन डिजाइनर समा बानुले ‘एसियाली प्यासिफिक प्रेस्टिजियस फेशन ब्राण्ड अवार्ड’ प्राप्त गरेकी छन् । विशेषत ढाकाको कपडामा विभिन्न डिजाइन बनाउन माहिर समाले अन्तर्राष्ट्रिय कार्यक्रम ‘मिस नेपाल युएसए’ तथा अष्ट्रेलियामा ढाकाका पहिरन प्रदर्शन गरिसकेकी छिन् ।

एसियाका ड्रेस डिजाइनरहरुमा एउटै मात्र फेब्रिक ढाकालाई आफ्नो ब्राण्डका रुपमा स्वदेश तथा विदेशमा स्थापित गराउन लागेकी समाको नाम इप्लानेट प्रा.लि का अध्यक्ष सन्तोष सापकोटाको पहलमा अवार्डको लागि पठाईएको थियो ।

फेशन डिजाइनिडको क्षेत्रका धेरै राष्ट्रिय अवार्डहरु बटुलेकी समाले पहिलोपटक अन्तर्राष्ट्रिय अवार्डमा आफुलाई मनोनयनमा पार्दै अवार्ड जितेकी हुन् । एसियाका उत्कृष्ट डिजाइनरलाई प्रदान गरिने यो अवार्ड यस वर्ष २०१५ का लागि नेपालको तर्फबाट वानुलाइ प्रदान गर्न लागिएको हो।

सिंगापुरको अर्किड कन्ट्रि क्लबमा इन्डोनेसियाका अधिराजकुमार तथा अधिराजकुमारीद्वारा प्रदान गरिने एसियाका प्यासिफिक प्रेस्टिजियस फेशन ब्राण्ड अवार्ड लिनका लागि समा जनवरी २ मा जाँदैछिन् ।

SUBSCRIBE 👉