प्रमोदको गीतको भिडियो छायांकन


Model-videoग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली संगीत क्षेत्रमा निकै नै ख्याती कमाएका गायक प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ । गीतकार बादल घिमिरेको पहिलो एल्बम ‘बादल’मा समाबेश भएको ‘तिम्रो यादको आगोमा डढि सकेको मान्छे’ बोलको गीतको अन्तिम छायांकन गौशलास्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको थियो ।

भक्तपुरको पेप्सीकोला टाउन प्लानिङ, एयरपोर्ट सिटी सेन्टरलगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा लेक्स गुरुङ, शिव सेन्चुरी, सिर्जना पोखरेल र माया गुरुङको अभिनय रहेको छ । विगत लामो समयदेखि भिजेको रुपमा परिचित लेक्स गुरुङले यसै म्यजिक भिडियो मार्फत मोडलिङ क्षेत्रमा पाइला टेकेका छन् ।

सञ्चार क्षेत्रमा लागेपछि पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका लेक्सले भिडियो खेल्दा आफुलाई निकै रमाइलो लागेको बताए । सुरेश अधिकारीको संगित, बादल घिमिरेको शब्द र सुदिप श्रेष्ठले छायाङकन गरेको यस म्युजिक भिडियोको शिव सेन्चुरीले निर्देशन गरेका छन् ।

SUBSCRIBE 👉