इप्लानेटलाई अन्तर्राष्ट्रिय अवार्ड


Award-Santoshग्ल्यामर नेपाल, काठमाडौं
सौन्दर्य सम्बन्धी विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको इभेन्ट संस्था इप्लानेटले हालै सिंगापुरमा आयोजित एक कार्यक्रममा ‘एसिया प्यासिफिक प्रेस्टिजियस विजनेस ब्राण्ड’ अवार्ड प्राप्त गरेको छ। गत महिना ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ आयोजना गरेको संस्थाका लागि अध्यक्ष सन्तोष सापकोटाले पनि ‘इन्सपाइरिङ एसियन पोलिटिक्स एण्ड विजनेस अवार्ड’ पाएका छन्।

अवार्ड पाईसकेपछि अध्यक्ष सापकोटाले अवार्डले आफुलाई थप नयाँ नौला काम गर्ने जाँगर बढाएको बताए। ‘यो अवार्ड नेपालकै लागि गौरवको कुरा हो, अब अझ जिम्मेवारीपूर्वक राम्रो रोचक किसिमका कार्यक्रम गर्न मलाई हौसला दिएको छ,’सापकोटाले भने।

संस्थाले लिटिल मिस पूर्वान्चल, लिटिल मिस लुम्बिनी, मिस लुम्बिनी, लिटिल मिस भेरि, मिस नेपालगन्ज, लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल, मिस इन्टरनेशनल तथा मिसेज नेपाल जस्ता कार्यक्रम आयोजना गरिसकेको छ। यो संस्थाले पहिलो पटक नेपालमा एकै स्टेजमा एकै समयमा चारवटा कार्यक्रम गरिसकेको छ भने अमेरिकाको न्ययोर्कमा २०११ देखि निरन्तर मिस नेपाल युएसए प्रतियोगिता आयोजना गर्दै आएको छ।

SUBSCRIBE 👉