स्तुप बनाउन गाउँदै इन्दिरा, राजेशपायल


Indira-Rajeshग्ल्यामर नेपाल, काठमाडौं ।
विकट हिमाली जुम्लामा निर्माणाधिन शान्ति स्तुपको सहयोगार्थ ‘जुम्ला शान्ति स्तुप च्यारिटी शो हुने भएको छ । सोनाम लोसारको अवसर पारेर जनवरी १६ मा काठमाडौँको गोकर्णस्थित नोर्लिङ रिर्सोटमा हुने सांगीतिक कार्यक्रममा गायिका इन्दिरा जोशी, भर्सटायल गायक राजेशपायल राई र गायक छिरिङ गिर्मेको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

आयोजक द हिमालयन पिस एसोसिएसनका अनुसार कार्यक्रमबाट उठेको शत प्रतिशत रकम शान्ति स्तुप निर्माणमा खर्च गरिनेछ। जुम्लाको पर्यटकीय आकर्षणलाई थप टेवा पु¥याउने उद्देश्यले शान्ति स्तुप निर्माण लागिएको संस्थाका अध्यक्ष कर्मा ठिन्लेन तामाङले बताए ।

पाँच वर्ष अघिदेखि निर्माण थालिएको शान्ति स्तुपको आधा काम सकिएको छ । तर बाँकी निर्माण कार्य सम्पन्न गर्न आर्थिक अभाव देखिए पछि विभिन्न माध्यमबाट रकम संकलन गर्ने क्रममा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिन लागिएको हो । स्तुप सम्पुर्ण रुपले निर्माण सम्पन्न हुँदा साढे दुई करोड रुपैयाँ खर्च हुने बताइएको छ । काठमाडौँमा गरिने कार्यक्रमबाट १२ लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । सरकारले पनि स्तुप निर्माणका लागि वार्षिक तीन लाख उपलव्ध गराउँदै आएको छ ।

SUBSCRIBE 👉