सुरेन्द्रको सांगीतिक सौगात “बिहानीको शित”


ग्ल्यामर नेपाल, काठमाडौं ।
विगत २० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय संगीतकार सुरेन्द्र श्रेष्ठले आफ्नो स्वरमा डेब्यु सोलो एल्बम ‘बिहानीको शित’ श्रोतामाझ ल्याएका छन्। लामो समयसम्म गीतको संगीतमै व्यस्त सुरेन्द्रले एल्बममा आफै संगीत भरेका छन्।surendra-shrestha उनले २०५४ सालमा एल्बम ‘चाहना’मार्फत संगीतकारका रुपमा आफुलाई चिनाएका थिए भने त्यसपछि २०५५ मा बालगीत, २०५६ मा ‘जुन हाम्रो साथी’ नामक बाल गीति एल्बम र ‘भाव तरंग’ नामक अर्को एल्बममा संगीत भरेका थिए। यसबाहेक उनकै सोलो संगीतमा ‘पिएँ थोरै’ बोलको गजल संग्रह एल्बम पनि बजारमा आएको थियो।

पहिलो एल्बमको शीर्ष गीत बीबीसीको ७५ औं वार्षिकोत्सवको कार्यक्रममा उत्कृष्ठ चारमा समेत परेको थियो। संयोगको कुरा के छ भने उनको परिवारमा चारै पुस्ता संगीतसँग सम्बन्धित छन्। उनको जिजुबुवा संगीत जगतमा रावन्य मास्टरका रुपमा चिनिन्थे भने उनको हजुरबुवा शंकरदास श्रेष्ठ भायोलिन र पियानो बादकका रुपमा परिचित थिए। यसबाहेक उनका बुवा बद्रीदास श्रेष्ठ पनि रेडियो नेपालमा भायोलिन बादकका रुपमा काम कार्यरत थिए।
surendra-shrestha-cd-coverसुरेन्द्रले इलाहबाद संगीत विद्यालयबाट बीम्युज गरेका छन् भने अहिले त्रिभूवन विश्वविद्यालयबाट संगीतमा डिग्री गर्दैछन्। करिब पाँच सय गीतको एरेञ्ज र दुई सय जति गीतमा संगीत भरेका सुरेन्द्रले फिल्म ‘आक्रोश’मा संगीत र स्वर दिएका छन्।

उनको एल्बममा विहानीको सित, तिम्रो हाँसोको, हेरुन हेरुन, मेरो नयन, सम्झी सम्झी, नभेटेको भए, मलाई मेरो र जुनी बित्यो बोलका गीत छन्। जसमा डा. कृष्णहरि बराल, रोशन अनुराग राई, कल्पना अधिकारी, केशव राज राजभण्डारी, शंकर ज्वाला, अञ्जु श्रेष्ठ, जीवनलाल मास्के र दुर्गालाल श्रेष्ठको शब्द रहेको छ भने सुरेन्द्र, मनराजा नकर्मी र जीवनलाल मास्केले संगीत दिएका छन्।

SUBSCRIBE 👉