राजधानीमा ‘मिस इन्डिजिनिअस नेस्नालिटी २०१५’ हुने


Miss Rai 2070ग्ल्यामर नेपाल, काठमाडौं ।
आदिवासी जनजातिको मौलिक कला, संस्कार, संस्कृति, प्रथा, परम्परा र पहिचानको खोजी तथा जगेर्ना गर्ने उद्देश्य सहित मिस इन्डिजिनिअस नेस्नालिटी २०१५ आयोजना हुने भएको छ। आरजी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको मिस इन्डिजिनिअस नेस्नालिटी २०१५ सहभागीता का लागि १६ देखि २४ वर्ष सम्मका अविवाहित, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत भएकाहरुले आवेदन दिन सक्नेछन। एसएलसी उत्तीर्ण गरेको र सम्बन्धित युवतीको उचाइ कम्तीमा पाँच फिट हुनुपर्नेछ। प्रतियोगिताको फाइनल चैतको तेस्रो साता हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले फागुनको दोस्रो सातासम्म आवदेन दिन सक्नेछन्। काठमाडौंको चाबहिलमा रहेको वन्दना कलाकेन्द्रबाट आवेदन फाराम लिन सकिनेछ।

SUBSCRIBE 👉