नेपाल्स कलेज डिभा अफ द इयर हुँदै


RIban-Entertainmentग्ल्यामर नेपाल, काठमाडौं ।
रिबन इन्टरटेनमेन्ट प्रालिले प्लस टु कलेजमा अध्ययनरत युवतीहरुका पहिलोपटक ‘नेपाल्स कलेज डिभा अफ द इयर २०१५’ प्रतियोगिता गर्ने भएको छ ।

इन्टरटेनमेन्टका कार्यकारी निर्देशक निशु झाका अनुसार विभिन्न कलेजमा अध्ययनरत छात्राहरुमा अन्र्तनिहित प्रतिभा र क्षमता प्रदर्शनका लागि प्रभावकारी मञ्च प्रदान गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । प्रतियोगिताको कोरियोग्राफी अश्वीनि झाले गर्नेछन् ।

प्रतियोगिताका लागि १६ देखि २६ वर्षभित्रका कम्तीमा ४ फुट ८ इञ्च उचाई भएका कलेजमा पढ्दै गएका अविवाहित नेपाली युवतीहरुले आवेदन भर्न सक्नेछन् भने आवेदन खुला भइसकेको छ ।

आयोजकका अनुसार आगामी फागुन महिनामा राजधानीमा आयोजना हुने प्रतियोगिताका लागि यही माघ १६ र २४ गते नयाँ वानेश्वरस्थित होटल रानी महलमा दुई चरणमा अडिसन लिइनेछ । अडिसनबाट अन्तिम स्पर्धाका लागि छानिने युवतीहरुलाई एक महिनासम्म कोरियोग्राफी, गु्रमिङ, क्याटवक, व्यक्तित्व विकास, आत्मविश्वास, टुबेल मेनेजमेन्ट, सेलिब्रेटीहरुसँगको साक्षात्कार, जुम्ब डान्स, कला र फिटनेश कक्षा, पूर्नस्थापना केन्द्रको अध्ययन भ्रमणलगायत विभिन्न विषयका समाज र जीवनोपयोगी प्रशिक्षण प्रदान गरिने कोरियोग्राफर झाले बताए ।

प्रतियोगिताबाट कलेज डिभा अफ द इयर २०१५, फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअपका साथमा मिस क्याटवक, बेष्ट पर्सनालिटी, बेष्ट स्कीन, मिस व्युटिफुल, मोष्ट सोसिएबल, व्युटी पर्पोज, बेष्ट आर्टवर्क, मिस ट्यालेण्ट, बेष्ट स्पीच, मिस फोटोजेनिक, बेष्ट स्माइल, मष्ट पपुलर, बेष्ट डिसिप्लेन, मष्ट फ्रेण्डली, बेष्ट फिजीक, बेष्ट हेयर, भ्युअर्स च्वाईस र मेनेजमेन्ट च्वाईसजस्ता उप उपाधिमा विजेता चयन गरिने आयोजकले बताए । विजेताहरुलाई पुरस्कारस्वरुप एयर होस्टेज तालिम, भाषा प्रशिक्षण, छात्रबृत्ती र होलीडे प्याकेज प्रदान गरिनेछ ।

रिबन इन्टरटेनमेन्टले यसअघि नेपाल्स फेस अफ द इयर, नेपाल्स चिल्ड्रेन अफ द इयर र नेपाल्स मिस टिन अफ द इयर २०१४ आयोजना गरिसेको छ ।

SUBSCRIBE 👉