सोफी पन्तलाई लिटिल च्याम्पको ताज


ग्ल्यामर नेपाल,काठमाडौ ।
लिटिल च्याम्प २०१५ कोे ताज सोफी पन्तले पहिरिएकी छिन्। बालबालिकाभित्र रहेको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष लिटिल च्याम्पको आयोजना छ। राजधानीको वल्र्ड ट्रेड सेन्टरमा बुधबार भएको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै पन्तले मोष्ट ट्यालेन्ट र वेस्ट ड्रेसको समेत उपाधि हासिल गरेकी छिन। लक्ष्मी नगरपालिका १९ इमाडोलकी ११ वर्षीय पन्त लिटिल एन्जल्स स्कुल हात्तिवनमा कक्षा ६ मा अध्ययनरत छिन्।
sophipantaफस्ट रनरअप अनन्या अवाले भइन् । ११ वर्षीय अवालेले डीएभी स्कूल कक्षा ५ मा अध्ययन गर्दै छिन्। नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले बालबालिकाहरु क्षमता प्रस्तुत गर्न यस्ता च्याम्प उपयोगि हुने बताए। लिटिल च्याम्प २०१५ की संयोजक महना क्षत्री खनालले भोलिको कर्णधार बालबालिकाहरुको क्षमता अभिवृद्धि गराइने उद्देश्यले च्याम्प गरिदै आएको बताइन्।

बालबालिकालाई धेरै कुराको जानकारी दिने र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले द मर्निड ग्लोरी इन्टरटेनमेनले यस लिटिल च्याम्पको आयोजना गर्दै आएको छ।

SUBSCRIBE 👉