ग्ल्यामर नेपाल, काठमाडौ। बलिउड अभिनेता सलमान खानको नाममा स्थापित ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ् ह्युमन’ शोरुम नेपालमा पनि विस्तार हुने भएको छ। एबिसिडिई ईन्क नामक संस्थाले नेपालमा पनि यसको बिस्तार गर्न लागेको हो। स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउन नेपालमा पनि ‘बिइङ् ह्युमन’ सो रुम स्थापना गर्न लागेको राजधानीमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो।
कार्यक्रममा एबिसिडिई ईन्कका अध्यक्ष दिपेन्द्र गुरुङले आफ्नो संस्थाकै पहलमा यो शोरुम सञ्चालनमा आउन लागेको र यसबाट उठेको रकम नेपालीकै शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताए।
आगामी फेब्रअरी ९ तारिखदेखि राइजिङ मलको पहिलो तलामा ‘बिइङ ह्युमन’को शोरुम सञ्चालनमा आउने भएको छ। यो शोरुम संचालन थालिएपछि राजधानीकै सिभिल ट्रेड सेन्टर, पोखरा र ईटहरीमा पनि शोरुम विस्तार गरिने अध्यक्ष गुरुङले कार्यक्रममा जानकारी गराए। सलमान खान पछिल्लो समय कानुनी प्रक्रियामा अल्झिएकाले दशैं तिहारको बिचमा उनलाई नेपाल ल्याउने कार्यक्रममा जानकारी दिइयो।