गुरुकुलका विद्यार्थीलाई आशिकाको सहयोग


Ashika-Heloग्ल्यामर नेपाल, काठमाडौं ।
मोडलिङमा स्थापित हुँदै फिल्म निर्माणको तयारीमा जुटेकी मोडल आशिका तामाङले गृह जिल्ला धादिङको गजुरीस्थित भद्रकाली गुरुकुल सस्कृत विद्यालयमा अध्ययनरत १८ विद्यार्थीलाई खाद्यान्न तथा लत्ता कपडासहित स्टेशनरी सामान सहयोग गरेकी छन् ।

केहि वर्षदेखि जर्मनी बस्दै आएकी आशिका पछिल्लो समय फिल्म निर्माणका लागि नेपाल आएकी छन् । ‘विदेशमा कमाएको केहि रकम सामाजिक कार्यमा लगानी गर्न चाहन्छु । मेरो सानो सहयोगले सामाजिक कार्यमा सानो इट्टा थप्ने काम मात्र हुन्छ भन्ने सोचले सहयोग गरेकी हुँ ।’ उनले भनिन् ।

आशिकाको एकल लगानीमा निर्माण हुने फिल्म आउँदो चैतको अन्तिम सातादेखि छायांकन हुँदैछ । उनी एक अनटाइटल फिल्ममा मुख्य नायिकाको रुपमा अनुबन्धित भएकी छिन् ।

भद्रकाली सामुदायिक विकास समाजको १४ औ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सह–प्रवक्ता डा.रोजनाथ पाण्डे, समाजका अध्यक्ष एकराज पाण्डे, गुरुकुल सस्कृत विद्यालयका अध्यक्ष बलराम त्रिपाठी, समाजसेबी प्रमोद शर्मा लगायतको उपस्थिति थियो ।

SUBSCRIBE 👉