सामाजिक काममा नेवा सुन्दरी


Newa-Donationग्ल्यामर नेपाल, काठमाडौं ।
मिस नेवा ११३५ का दुई प्रतियोगी सिरपा श्रेष्ठ र दृष्टि नकर्मीले ग्रामीण क्षेत्रमा अध्ययनरत बालबालिकाका लागि आफु अध्ययनरत कलेज युनाइटेड एकेडेमीबाट ६ सय कपी तथा पेन्सिल संकलन गरेका छन् । मिस नेवा आयोजक नेप्लिज फेसन होमको सामाजिक कल्याण कोष अन्तर्गत उनीहरुले उक्त शैक्षिक सामाग्री संकलन गरी दुर्गम क्षेत्रमा पठाउने पनि तयारी गरिरहेका छन् ।

फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार संकलित सामाग्री ताप्लेजुङको दुर्गम गाउँमा अध्ययनरत बालबालिकाका लागि सहयोग प्रदान गरिएको छ । ‘अन्य प्रतियोगीहरुले पनि शैक्षिक सामाग्री जुटाईरहेका छन्,’हेमाले भनिन्,‘उनीहरुले गरेको यो सहयोग आफैमा उदाहरणीय त छँदैछ, त्यसबाहेक फाइलन प्रतियोगिताको ‘मिस सोसियल वेलफेयर एम्बासेडर’का लागि पनि उनीहरुको यो परीक्षा हो ।’ फाइनल प्रतियोगिता आगामी फागुन १६ गते हुँदैछ ।

आयोजकले करिब ३० हजार स्टेसनरीका सामान संकलन गर्ने योजना बनाएको छ । यो संस्थाले यसअघि पनौती, बाजुरा, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, बारा, कलैयालगायतका स्थानमा रहेका विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरिसकेको छ ।

SUBSCRIBE 👉