एञ्जल बनिन् ‘टिनएजर्स सुन्दरी’


युहान इन्टरनेशनल इभेन्टले राजधानीमा आयोजना गरेको ‘मिस टिनएजर्स इन्टरनेशनल–२०१५’ को उपाधि एञ्जल गुरुङले चुमेकी छन्। राजधानीमा आयोजित प्रतियोगितामा ३४ प्रतिस्पर्धीलाई उछिन्दै एञ्जलले ताज आफ्नो पोल्टामा पारेकी हुन् । ‘भ्युअर्स च्वाईस अवार्ड’ पनि हात पारेकी उनले ताजसँगै उच्च–शिक्षाका लागि पूर्ण छात्रवृत्ति तथा विभिन्न गिफ्टह्याम्पर पाइन्।
teenagers beauty
प्रतियोगितामा रक्षा पन्त, सिम्रन खड्का, प्रभा थापा र सरु बराइली क्रमश: फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअप बने । कार्यक्रममा श्रेयस्मा अधिकारी ‘बेस्ट पपुलर’, रोजिना मगर ‘ब्युटि विथ प्रपोज’, छिरिङ डोमा शेर्पा ‘मिस ट्यालेन्ट’, सरु बराइली ‘मिस क्याटवाक’, सुष्मा श्रेष्ठ ‘फोटोजेनिक’, सुजता सिलवाल ‘बेस्ट हेयर’ र ‘मिस ब्युटि आईज’, अनिता सुवेदी ‘बेस्ट स्किन’ र प्रियशा श्रेष्ठ ‘मिस डिसिप्लिन’ घोषित भईन् ।

यस्तै रेनु साउद ‘मिस पञ्चुअल’, अमृता केसी ‘बेष्ट आर्ट वर्क’, सोनाली शाही ‘बेस्ट स्पिच’, साक्षी गुरुङ ‘बेस्ट फ्रेन्डली’ र अलिशा पौडेल ‘मिस फेसन आइकन’ घोषित भए । पहिलोपटक आयोजित कार्यक्रममा देशको विभिन्न स्थानका १६ देखि २० वर्ष उमेरका ३५ युवतीले स्पर्धा गरेका थिए । सौन्दर्य प्रतियोगिताको क्षेत्रमा टिनएर्जस युवतीलाई उच्च शिक्षामा सहयोग तथा अन्तर्राष्ट्रिय प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले ‘मिस टिनएर्जस इन्टरनेशनल’ प्रतियोगिताको सुरुवात गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले बताए।

प्रतियोगितामा एसपी डा. देउती गुरुङ, अनिल शाही, सुमितप्रताप जंग राणा, रक्षासिंह राणा, सुबोध गुरुङ निर्णायकमा थिए।

SUBSCRIBE 👉