फागुनमा काठमाडौं सर्ट फिल्म फेष्टा


Short-Filmग्ल्यामर नेपाल, काठमाडौं । छायाँछबि क्रियसनले राजधानीमा ‘दोस्रो काठमाडौं सर्ट फिल्म फेष्टा — २०१५’ आयोजना गर्ने भएको छ । क्रिएसनका अध्यक्ष शान्तिप्रियका अनुसार नेपाली फिल्मको व्यापार बिग्रिरहेको बेला बैकल्पिक बजारको रुपमा छोटा फिल्महरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वासका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

‘नेपाली फिल्मकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका प्रशस्तै उदाहरण छन्,’अध्यक्ष शान्तिप्रियले भने, ‘यस्ता फिल्मले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि यो फेस्टा आयोजना गर्न लागिएको हो ।’

फेष्टा फागुनको अन्त्यमा हुनेछ भने छोटा फिल्म प्रदर्शनका साथै फिल्म सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने छ । फेस्टामा बृत्तचित्र, फिल्म, कार्टुन÷एनिमेशन फिल्मले भाग लिन पाउने छन् । सम्बन्धित फिल्मको लम्बाई भने ३ मिनट देखि ४५ मिनट भित्रको हुनुपर्ने आयोजकले जनाएका छन् ।

फेस्टामा सहभागी हुनका लागि छायाँछविको कार्यालय डिल्लीबजारमा फागुन १५ सम्म लघू फिल्मदर्ता गर्नुपर्नेछ । जुनसुकै विधा र शैलीका फिल्मले पनि फेस्टामा भाग लिन पाउने छन् । फेष्टामा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत विभिन्न विधामा नगद सहित अवार्ड प्रदान गरिने छ ।

SUBSCRIBE 👉