तीव्र गतिमा मिस पूर्वाञ्चलको तयारी । धरान र दमकमा अडिसन सकियो


पूर्वी नेपालका युवतीहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष धरानमा आयोजना हुदै आएको ‘मिस पूर्वाञ्चल’को छैठौं संस्करणका लागि हाल युवतीहरुको छनौंट काम भईरहेको छ। पहिलो चरणको अडिसन हालै धरान र दमकमा सकिएको छ, जहाँ २० युवतीहरुको सहभागिता थियो। प्रतियोगिताका क्रिएटिभ डिरेक्टर राजेन्द्र रिमालका अनुसार दोस्रो चरणमा धरान, इटहरी, विराटनगरका कलेजहरुमा अडिसन लिइनेछ।

Miss-Purwanchal-Audition-Photoअडिसनबाट छनौंट भएका युवतीहरुलाई व्यक्तित्व विकास, उद्घोषण, र्याम्प वाल्क, सौन्दर्य, सूचनासञ्चार, फेसन, मेकअप, इतिहास, पर्यटन लगायतका विषयमा प्रशिक्षण दिइनेछ। उनीहरुलाई प्रिया रानी लामाले कोरियोग्राफी गर्नेछिन्। प्रतियोगिता सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो।

अडिसनका तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

धरानमा आयोजना हुने फाइनल प्रतियोगिताबाट मिस पुर्वाञ्चल २०१५ सँगै फस्ट रनर अफ, सेकेण्ड रनर अफ लगायत वेष्ट क्याटवल्क ,फोटोजेनिक, पर्सनालिटी, स्माइल, ब्युटीफुल कम्प्लेक्सन, भ्युअर्स च्वाइस लगायतका विधामा समेत पुरस्कृत गरिनेछ।

चैतको दोस्रो साता हुने ग्रान्ड फिनालेमा विजेताले यामाहा स्कुटीसहित मोडेलिङका विभिन्न अवसरसहित अन्य पुरस्कार प्राप्त गर्नेछिन्। त्यस्तै फष्ट रनरअपले नगद ४० हजार र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैया प्राप्त गर्ने छन्। अन्य टाइटल विजेतालाई ७ हजार रुपैया नगद पुरस्कार सँगै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ।

यसअघि सबिना सुब्बा, प्रतिभा श्रेष्ठ, अस्मिता गुरुङ, नेहा बजाज र नेमिता आङवुहाङ लिम्बुले मिस पुर्वाञ्चलको उपाधि पोल्टामा पारिसकेका छन्।

SUBSCRIBE 👉