चार प्रतियोगिताको लागि आवेदन खुला


Children-Winnerकाठमाडौं । विभिन्न विधामा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको इप्लानेटले लिटिल मिस युनिभर्स, मिस टिन युनिभर्स, मिस इन्टरनेशनल तथा मिसेज नेपालका लागि औपचारिक रुपमा आवेदन खुल्ला गरेको छ । संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार प्रतियोगितामा सुन्दरीहरुले बौद्धिकतास“गै सामाजिक कामको समेत योजना बनाएर निर्णायकलाई प्रभावित पार्नुपर्नेछ र सोहीअनुसार आपूmले घोषणा गरेका सामाजिक कार्यहरु गरी समाजलाई समेत योगदान दिनुपर्नेछ ।

अन्तर्राष्ट्रिय कार्यक्रमका लागि राष्ट्रिय निर्देशक समेत रहेका सापकोटाले चारवटै प्रतियोगिताका विजयीलाई विभिन्न मुलुकमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराइने बताए । प्रतियोगिहरुलाई एक महिनासम्म रोजिन शाक्यल कोरियोग्राफी गर्नेछन् भने विभिन्न क्षेत्रका स्थापित व्यक्तिहरुले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनेछन् । यी चारै प्रतियोगिताको पोखरा, चितवन तथा वीरगंजमा क्षेत्रिय प्रतियोगिता हालै सम्पन्न भइसकेका छन् ।

आयोजकका अनुसार चारवटै प्रतियोगिता अन्र्तगत ७ देखि १४ वर्ष उमेर समूहका बालिका सहभागी हुने ‘लिटिल मिस नेपाल’ प्रतियोगिताका विभिन्न उमेर समूहका विजेताले २०१५ को अगस्टमा जर्जियामा आयोजना हुने ‘लिटिल मिस युनिभर्स’ नामक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन् । यसैगरी १५ वर्षदेखि १९ वर्ष उमेर समूहका बालिकाका लागि हुने ‘मिस टिन इन्टरनेसनल’ प्रतियोगिताका विजयीले ‘टिन युनिभर्स’ प्रतियोगितामा सहभागी हुनेछिन् । २१ वर्षदेखि ५५ वर्ष उमेर समूहका विवाहित नेपाली महिलाले सहभागिता जनाउन पाउने ‘मिसेस नेपाल’को विजेताले सन् २०१५ मा बेलारुसमा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै १८ देखि २७ वर्ष उमेर समूहका युवतीका लागि आयोजना गरिएको ‘मिस इन्टरनेसनल नेपाल’ को विजेताले सन् २०१५ को नोभेम्बरमा ‘मिस इन्टरकन्टिनेन्टल’ मा देशलाई चिनाउने अवसर प्राप्त गर्नेछिन् । चारै प्रतियोगिताको ड्रेस डिजाइन समा बनुले गर्नेछिन् ।चारै प्रतियोगिताको अन्तिम स्पर्धा वैशाख १९ गते हुनेछ ।

SUBSCRIBE 👉